Techie IT
×
गृहपृष्ठसमाचार‘देशैभरि वीपी कोइराला स्टडि यूथ सर्कल गठन हुँदै, वीपी विचारलाई देशैभरि फैलाइने’

‘देशैभरि वीपी कोइराला स्टडि यूथ सर्कल गठन हुँदै, वीपी विचारलाई देशैभरि फैलाइने’


काठमाडौं – वीपी कोइराला अध्ययन यूवा समुह ‘BP Koirala study youth circle’ गठन गर्न लागिएको छ । जननायक वीपी कोइरालाको जिवन सघर्स, उनको विचार, साहित्य, दर्शन र उनका बिभिन्न पुस्तकहरुको अध्ययन, विचार र विमर्स को लागि देशैभरि ७७ जिल्ला र विश्वका विभिन्न देशमा वीपी कोइराला अध्ययन यूवा समुह गठन गर्न लागिएको हो । यो अभियान केन्द्र देखि गाँउ गाँउ सम्म पुग्ने नेपाली कांग्रेसका यूवा नेता भुपेन्द्रजंग शाहीले बताए ।

नेता शाहीका अनुसार वीपी कोइरालाको जिवन, विचार र साहित्य अध्ययन गर्ने, उनको विचार आम जनता र युवाको बीच सम्म पुर्याउनु पर्नेछ । यसको लागि हरेक ठाँउबाट प्रतिनिधि आवश्यक रहेको पनि नेता शाहीले जानकारी दिए । यसरि गठन हुने समुह मार्फत वीपीको विचारलाई हरेक घर घर सम्म पुर्याइने बताइएको छ ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस