गृहपृष्ठ ∕ समाचार ∕ इन्डोनेसियाको बाली विदेशी पर्यटकलाई पनि खुला गरिने इन्डोनेसियाको बाली विदेशी पर्यटकलाई पनि खुला गरिने दीप संञ्चार असोज २०, २०७८ गते १२:१८ मा प्रकाशित काठमाडौँ –कोरोनाभाइरसको महामारीका कारण बन्द भएको पर्यटन आवागमन इन्डोनेसियामा पनि शुरु हुन लागेको छ ।सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पर्यटकीय क्षेत्र बालीमा विदेशी पर्यटकहरुलाई भ्रमणका लागि आउन अनुमति दिन लागिएको हो ।अन्तर्राष्ट्रिय उडानबाट बाली आउन चाहनेहरुलाई आगामी अक्टोबर १४ देखि खुल्ला गरिने अधिकारीहरुको भनाइ छ । दक्षिण कोरिया, चीन, जापान, न्युजिल्यान्डसँगै यूएई, दुबईलगायत देशका पर्यटकहरुलाई स्वागत गर्न लागिएको अधिकारीहरुले जनाएका छन् ।भ्रमणका लागि आउनेहरुलाई अनुमति दिनु पूर्व इन्डोनेसियाको होटलमा कम्तीमा आठ दिन “बुकिङ गरेको प्रमाण देखाउनु पर्ने व्यवस्था गरिएको छ । त्यो अवधिमा क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था गरिएको हो ।त्यसैगरी पर्यटकहरुले स्वास्थ्य परीक्षण गरी निरोगी भएको वा कोरोनाभाइरसबाट सङ्क्रमित नभएको प्रमाण पनि पेस गर्नुपर्ने सर्त राखिएको छ । सरकारले स्वदेशी तथा विदेशी सबैलाई सामाजिक दूरी कायम गर्न, मास्क लगाउन र अन्य स्वास्थ्य सतर्कताहरु अपनाउन पनि सबैलाई आग्रह गरेको छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल