Techie IT
×
गृहपृष्ठसमाचारएनआरएनए आचार्य-पौडेल चुनाव प्रचार गर्न ३०१ सदस्य नर्थ-साउथ अमेरिका कमिटी गठन

एनआरएनए आचार्य-पौडेल चुनाव प्रचार गर्न ३०१ सदस्य नर्थ-साउथ अमेरिका कमिटी गठन


काठमाडौँ –

गैरआवासीय नेपाली संघको आगामी कार्यकाल २०२१-२०२३ को लागि अध्यक्षका प्रत्यासी कुल आचार्य र महासचिवका प्रत्यासी डा केशव पौडेल अर्थात् आचार्य-पौडेल सहित सहकार्य गर्ने उम्मेदवारहरु सबैको चुनाव प्रचार गर्नको लागि ३०१ सदस्य नर्थ-साउथ अमेरिका चुनाव प्रचार कमिटी गठन गरिएको छ।

सेप्टेम्बर २० देखि नामहरु संकलन गरि तयारी गर्दै आएको सो अभियानले सेप्टेम्बर २८, २०२१ मा जुम गरेर सो कमिटी तयार भएको र गठन गरिएको घोषणा गरेको हो। जुम बैठकमा महासचिवका उम्मेदवार डा केशव पौडेल र क्षेत्रीय स्ततरका अन्य उम्मेवारहरु समेत उपस्थित रहेका थिए।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिका उपाध्यक्ष गोपेन्द्र भट्टराइको संयोजकत्वमा गठित सो कमिटीमा अमेरिका र क्यानाडाका गरि ३ सदस्य सचिवहरु रहेका छन्। यसमा एनआरएनए एनसीसी क्यानाडाका अध्यक्ष दिपक गौतम, एनआरएनए एनसीसी अमेरिकाका उपाध्यक्षहरु दिलु पराजुली, सुमन थापा, महासचिव अन्जन चौलागाईं, सचिव अनुप खनाल, युवा संयोजक त्रिभुवन पाण्डे लगायतको बिशेष भूमिका रहने बताइयो।

कमिटी सदस्यहरुमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका, क्यानाडा र चिलीका पदाधिकारी, सदस्य, पूर्व पदाधिकारीहरु, संघको अन्तराष्ट्रिय परिषद सदस्य, मानार्थ परिषद सदस्य, अन्तराष्ट्रिय परिषदमा यो पटक निर्वाचित सदस्यहरु, पूर्व सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, संघका साधारण सदस्य लगायत रहेका छन्।

कमिटीको गठनपछि संयोजक भट्टराइले तुरुन्तै बैठक बसेर व्यापक रुपमा चुनाव प्रचार र चुनावी गतिबिधि संचालन गर्ने बताएका छन्। प्रचार कमिटीको पहिलो बैठकपछि प्रचार-प्रसारलाइ युद्ध स्तरमा गर्नुका साथै आचार्य(पौडेल र सहकार्य गर्ने उम्मेदवार सबैलाइ बिजयी गराउन सबै खाले प्रयास गर्ने उनले बताए।

कमिटीले नर्थ र साउथ अमेरिका क्षेत्रका सम्पूर्ण प्रतिनिधिहरु र संबद्धहरुसंग सपोर्ट र सहयोगको लागि द्रुत गतिमा कार्य थाल्ने भएको छ। यसका साथै उनिहरुले विश्वो भरिका अन्य एनसीसी र प्रतिनिधिहरुसँग मिलेर आचार्य(पौडेल सहकार्यलाइ जिताउने अभियानलाइ तिब्रता दिने भएको छ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस