गृहपृष्ठ ∕ समाचार ∕ ‘बा, हाम्रो घरको धारामा किन पानी नआएको ?’ ‘बा, हाम्रो घरको धारामा किन पानी नआएको ?’ दीप संञ्चार असोज १२, २०७८ गते ७:५२ मा प्रकाशित काठमाडौँ –चिटिक्क परेको सिमेन्टेड पानीको धारा छ तर पानी आउँदैन । धाराको टुटीबाट पानी चुहिन छाडेको दुई वर्ष भयो । गाउँका मानिसहरू धाराको टुटी हेर्दै हरेक दिन २ घण्टा लगाएर पानी लिन जान्छन् ।गाउँमा सडक बन्यो । हर्न बजाउँदै गाडी आयो । तर, धारामा पानी आएन । खानेपानीको अभावले गाउँ नै छाडेर हिँड्नुपर्ने विकल्पबारे सोच्न थालेका छन् स्थानीय ।रामेछापको खाँडादेवी गाउँपालिकाको माकादुमका–११ वर्षीय स्वर्णिम तामाङ त्यही धाराको टुटीमा झुन्डिएर खेल्थे । धारामा पानी आउन छाडेपछि हरेक दिनजसो स्वर्णिम बालाई सोध्छन्, ‘बा हाम्रो धारामा किन पानी नआएको रु’ प्रेम तामाङ छोराको प्रश्न सुन्छन् र पानीको मुहानै सुकेको जवाफ दिन्छन् ।स्वर्णिम त्यतिमै रोकिँदैनन् । उनी फेरि प्रश्न गर्छन्, ‘किन मुहान सुकेको रु’ त्यसको जवाफ दिन नसक्दा उनका बाबु हैरान छन् । उनको बुझाइमा पानीको मुहान सुक्नुमा स्थानीय देवी रिसाएकी छन् । छोरा त्यतिमै रोकिँदैनन् । अर्को प्रश्न गर्छन्, ‘देवी किन रिसाएको त रु’ बालाई दिक्क लाग्छ । ‘चुप लाग जा खेल्न’ भन्दै गाग्री बोकेर पानी लिन जान्छन् ।खाँडादेवी गाउँपालिका–६ माकादुमका स्थानीयले यो समस्या भोगेको अहिले दुई वर्ष भइसक्यो । पछिल्लो पाँच वर्षदेखि धारामा पानी कम आउने थालेको थियो । दुई वर्षदेखि भने उनीहरूको धारामा पानी आउनै छाड्यो । यो समाचार आजको राजधानी दैनिकमा छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न