Techie IT
×
गृहपृष्ठसमाचार७७ जनालाई नयाँ जीवन दिने साहसी पाइलट एजी शेर्पा को हुन् ?

७७ जनालाई नयाँ जीवन दिने साहसी पाइलट एजी शेर्पा को हुन् ?


काठमाडौँ –

क्याप्टेन एजी शेर्पाले उडान भर्न थालेको २४ वर्ष भयो। बुद्ध एयरको स्थापना कालदेखि नै उनी आवद्ध छन्। अनुभवका हिसाबले उनी निकै खारिएका पाइलट हुन्। हरेक दिन, हरेक घण्टाको उडान उनलाई निकै सहज र सामान्य लाग्छ। पाइलटको लागि उडान भर्नु ठूलो कुरा पनि भएन। २४ वर्षे उडान अनुभवमा शेर्पाले हजारौं यात्रुहरुलाई गन्तव्यमा पुर्‍याए। तर सोमबार उनले सोचेका थिएनन् जहाजमा रहेका ७७ जना यात्रुलाई मैले सकुसल एयरपोर्टमा अवतरण गराउँछु भनेर।

सोमबार विहानको घटना हो। विहान ८ बजेर ३३ मिनेटमा काठमाडौंबाट ७७ जना यात्रु बोकेर उनी विराटनगरतर्फ उडान भर्दै थिए। विराटनगर पुग्दै लाग्दा एयर ट्रफिक कन्ट्रोल रुममा अवतरण गर्ने जानकारी पनि गराए उनले। जहाज अवतरण गर्ने बेला भएपछि उनले जहाजको चक्का डाउन गर्न खोजे। तीनवटा चक्कामध्ये एउटा चक्का डाउन नै भएन।

जहाज अवतरण गर्नको लागि जहाजको इन्जिनले ग्रीन सिग्नल संकेत पनि दिएन। जसलाई थ्री ग्रीन सिग्नल भनिन्छ। तीनवटा सिग्लन ग्रीन देखिएमा मात्रै जहाज सामान्य अवतरण हुन्छ। नत्र जहाजको इन्जिन वा चक्कामा समस्या भएको भन्ने बुझिन्छ। पाइलट शेर्पाले उडान भरेको जहाजले निकै अशुभ संकेत दियो। ल्यान्डिङ गियर डाउन भएन। पाइलटहरुका अनुसार जहाजमा आउने यो समस्यालाई सामान्य मानिँदैन। उनले भने, ‘मलाई त यति सहजै अवतरण गरिन्छ जस्तो लागेको थिएन, मैले धेरै नै सोचिसकेको थिएँ, तर विराटनगरबाट काठमाडौं एयरपोर्टमा आइपुग्दा जहाजले थ्री ग्रीन सिग्नल दियो, मैले पनि निकै ध्यान दिएको थिएँ।’

विराटनगरमा जहाज अवतरण गर्न सकिने अवस्था नभएपछि उनी काठमाडौं फर्किए। जहाजभित्र ७७ जना यात्रु थिए। एटिसी टावर र जहाजका इन्जिनियरहरुलाई क्याप्टेन टोलीले जहाजको अवस्थाबारे जानकारी गरायो। एटिसी टावरले काठमाडौंतिरै ‘मुभ’ हुन भन्यो। त्यस लगत्तै पाइलट शेर्पाले जहाजलाई काठमाडौंतर्फ फर्काएका थिए। उनले जहाजमा इन्धनको मात्रा धेरै भएकोले आकस्मिक वा संकटकालीन अवतरणलाई ध्यानमा राख्दै ‘फ्युल वर्न’ गरे। यसो गर्दा जहाजको तौल कम हुन्छ। जमिनमा बजारिएपनि ठूलो क्षति वा आगलागी हुनबाट बच्छ।

काठमाडौं विमानस्थल आइपुगेपछि पाइलट शेर्पाले चाररपाँच फन्को घुमाए। केही बेर जहाजलाई आकाशमै होल्ड गरे। त्यतिञ्जेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुरबीन लगाएर हवाई इन्जिनियरहरुले जहाजको चक्का र इन्जिन जाँच गरे। पाइलटले एटिसी टावरसँग कुरा गर्दै जहाज घुमाइरहेका थिए। जाँच गर्दा जहाजमा खासै समस्या देखिएन। त्यसपछि एटिसी टावरले अवतरण गर्ने अनुमती दियो। पाइलट शेर्पाले ल्याण्डिङ गेअर ९डाउन गरे० तल झारे । अब चाही जहाजले थ्री ग्रीन सिग्नल दियो। चक्का आँफै डाउन भयो। त्यसपछि पाइलट शेर्पाले विहान १० बजेर १६ मिनेटमा जहाजलाई अवतरण गराए। जहाजको टायरले भुइँ छोएपछि सबै यात्रुहरु झसंग भए। खुसीले तालि पिटे। झन्डै मृत्युको मुखमा पुगेका उनीहरुले अर्को जीवन पाए झै महसुस गरे। यो अनुभवन पाइलट शेर्पाले २४ वर्षसम्मको पाइलट जीवनमा नभोगेको अनुभव हो।

आजसम्म उनले सयौं उडान भरे। ती सबै सामान्य नै रहे। तर आज विहानको उडान उनको पाइलट जीवनकै अविस्मरणीय क्षण बन्यो। ‘यात्रुहरु निकै डराइरहनु भएको थियो, तर म डराएको भए जहाज बीचमै खस्थ्यो होला, त्यो अवस्थामा म निकै सतर्क भएँ, सेकेण्ड सेकेण्डमा जहाज कतातिर मोडेको छु याद गरेँ, एयर होस्टेसहरु पनि हाई अलर्टमा रहेर मलाई साथ दिए,’ उनले सुनाए, ‘अवस्था त निकै चुनौतिपूर्ण थियो, तर आशा मारेको थिइनँ।’ उनले यात्रुहरु चिच्याएको आवाज अगाडिसम्म सुनिएपनि त्यसले आफूलाई नबिथोलेको र आफू निकै एकाग्र भएर उडान भरेको बताए।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस