गृहपृष्ठ ∕ समाचार ∕ भारत : अदालतभित्रै गोली हानाहान हुँदा ग्याङस्टारसहित ४ जनाको मृत्यु भारत : अदालतभित्रै गोली हानाहान हुँदा ग्याङस्टारसहित ४ जनाको मृत्यु दीप संञ्चार असोज ८, २०७८ गते २१:१३ मा प्रकाशित काठमाडौँ –भारतको दिल्लीस्थित रोहिणी अदालतभित्रै गोली हानी ग्याङस्टारको हत्या गरिएको छ। वकिलको भेषमा अदालतभित्र पसेका दुई जनाले गोली हानी ग्याङस्टार जितेन्दर गोगीको हत्या गरेका हुन्।त्यसपछि प्रहरीको गोली लागि ती दुई बन्दुकधारीको पनि ज्यान गएको छ। अदालतमा एक न्यायाधीश र अन्य अधिकारीहरुसमेत भएकै बेला शुक्रबार दिउँसो गोली चलेको थियो। घटनास्थलको भिडियोसमेत सामाजिक सञ्जालमा भाइरल बनेको छ। भिडियोमा देखिएअनुसार गोली प्रहार गर्नेहरु वकिलको पहिरनमा अदालत प्रवेश गरेका थिए।सुरक्षाकर्मीको गोली प्रहारबाट बन्दुकधारी मारिनुअघि गोगीमाथि तीन पटकसम्म गोली प्रहार भएको सार्वजनिक भएको भिडियोमा देखिन्छ। एनडिटिभीका अनुसार घटनापछि अस्पतालमा गोगीको मृत्युको घोषणा गरिएको थियो। घटनामा अरु थुप्रै घाइते भएका छन्।उनीहरुको अहिले अस्पतालमा उपचार भएको बताइएको छ। उनीहरुमध्ये एक महिला वकिल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। साथै घटनास्थलबाट दुई बालबालिका सुरक्षित स्थानतर्फ भागेको भिडियोको दृश्यमा देखिन्छ।गत वर्षको मार्चदेखि कारागारमा रहेका गोगीको हत्या गर्ने भन्दै यसअघि तिल्लु गिरोहले घोषणा गरेको थियो। शुक्रबार गोगीलाई अदालत उपस्थित गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको हो। बन्दुकधारी समूहले गोगीको हत्या गरेलगत्तै प्रहरीले चलाएको गोली लागी दुई जना मारिएका हुन्।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित)नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदैब्राजिलबाट स्वदेश फर्किए बालेनदाङको घोराहीमा एआई सम्बन्धी राष्ट्रिय सम्मेलन हुने धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु