गृहपृष्ठ ∕ समाचार ∕ भारत : अदालतभित्रै गोली हानाहान हुँदा ग्याङस्टारसहित ४ जनाको मृत्यु भारत : अदालतभित्रै गोली हानाहान हुँदा ग्याङस्टारसहित ४ जनाको मृत्यु दीप संञ्चार असोज ८, २०७८ गते २१:१३ मा प्रकाशित काठमाडौँ –भारतको दिल्लीस्थित रोहिणी अदालतभित्रै गोली हानी ग्याङस्टारको हत्या गरिएको छ। वकिलको भेषमा अदालतभित्र पसेका दुई जनाले गोली हानी ग्याङस्टार जितेन्दर गोगीको हत्या गरेका हुन्।त्यसपछि प्रहरीको गोली लागि ती दुई बन्दुकधारीको पनि ज्यान गएको छ। अदालतमा एक न्यायाधीश र अन्य अधिकारीहरुसमेत भएकै बेला शुक्रबार दिउँसो गोली चलेको थियो। घटनास्थलको भिडियोसमेत सामाजिक सञ्जालमा भाइरल बनेको छ। भिडियोमा देखिएअनुसार गोली प्रहार गर्नेहरु वकिलको पहिरनमा अदालत प्रवेश गरेका थिए।सुरक्षाकर्मीको गोली प्रहारबाट बन्दुकधारी मारिनुअघि गोगीमाथि तीन पटकसम्म गोली प्रहार भएको सार्वजनिक भएको भिडियोमा देखिन्छ। एनडिटिभीका अनुसार घटनापछि अस्पतालमा गोगीको मृत्युको घोषणा गरिएको थियो। घटनामा अरु थुप्रै घाइते भएका छन्।उनीहरुको अहिले अस्पतालमा उपचार भएको बताइएको छ। उनीहरुमध्ये एक महिला वकिल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। साथै घटनास्थलबाट दुई बालबालिका सुरक्षित स्थानतर्फ भागेको भिडियोको दृश्यमा देखिन्छ।गत वर्षको मार्चदेखि कारागारमा रहेका गोगीको हत्या गर्ने भन्दै यसअघि तिल्लु गिरोहले घोषणा गरेको थियो। शुक्रबार गोगीलाई अदालत उपस्थित गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको हो। बन्दुकधारी समूहले गोगीको हत्या गरेलगत्तै प्रहरीले चलाएको गोली लागी दुई जना मारिएका हुन्।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल