Techie IT
×
गृहपृष्ठसमाचारबिहान गरिने यी कार्यले तपाईको दिनको सुरूवात राम्रो हुनेछ

बिहान गरिने यी कार्यले तपाईको दिनको सुरूवात राम्रो हुनेछ


काठमाडौँ –

हरेक विहानीले दिउँसोको संकेत गर्दछ । सुन्दर जीवनलाई सफल बनाउनु हाम्रो दायित्व हो । हाम्रो जीवनमा अनेक उतारचढाव आउँछन् । तर ती उतारचढावलाई व्यवस्थापन गर्दै सन्तुलित रूपमा दिनहरू बिताउने प्रयास गर्यौँ भने, जीवन सुन्दर बन्छ ।

बिहान छिट्टै उठ्ने बानी बसाल्नुहोस् । बिहान छिट्टै उठ्ने गर्नाले शरीरमा अल्छीपन आउँदैन । बिहान छिट्टै उठेर शारीरिक व्यायम गर्ने गर्नाले शरीर स्फूर्त रहन्छ । बिहान छिट्टै उठ्ने बानीले हामीले सबै कामहरू गर्ने समय मिल्छ र काम गर्न पनि जाँगर चल्दछ ।

खाली पेटमा पानी पिउने गर्नुहोस् । तपाइ बिहानै उठेर केही पनि नखाइ खाली पेटमा पानी पिउने गर्नुहोस् । यसो गर्नाले विभिन्र रोगहरूबाट छुटकरा पाउन सक्नुहुन्छ ।

बिहानको लागी काम साचेर राख्नु भन्द अघिल्लो दिन गर्न मिल्ने काम छ भने गरेर सुत्नुहोस् । यसो गर्नाले तपाइलाई बिहान उठेर अरू काम गर्न सजिलो हुनेछ । कुनै पनि कामहरू साँचेर राख्नु भन्दा गरि हालेको नै राम्रो हुन्छ । त्यसैले जति सक्दो गर्न मिल्ने कामहरू गरि हाल्नुपर्दछ । यसो गर्नाले आफैँलाई सहज हुन्छ ।

बिहान उठ्ने बित्तिकै मोबाइल हेर्ने बानी छ भने त्यसो गर्न छोडेर शारीरिक अभ्यास गर्नुहोस् । यासो गर्नाले तपाइको स्वास्थ्यमा फाइदा पुग्नको साथै तपाइको दिनको पनि राम्नो सुरूवात हुन्छ । मोबाइल हेर्न थाल्नुभयो भने त्यतै भुलिएर तपाइँले केही पनि गर्न भ्याउनु हुन्न र भरे सबै काम हतार हतार गर्नुपर्ने हुन्छ । हतारिएर गरेको काम राम्रो पनि हुँदैन र पछि आफैँलाई दिक्क लागेर आउँछ ।

बिहानैको प्राकृतिक वातावरणलाई केहीछिन नियाल्नुहोस् । यसो गर्नाले मनमा आनन्द मिल्नेछ र बिहानीको सुरूवात पनि राम्रो हुन्छ ।

सकारात्मक विचार ल्याउनुहोस् । बिहान उठ्ने बित्तिकै सकारात्मक कुराहरू मात्र सोच्ने गर्नुहोस् । यसो गर्नाले दिनको राम्रो सुरूवात हुन्छ । नकारात्मक कुराहरू सोच्न थाल्नुभयो भने दिमाखमा नराम्रा कुराहरू मात्र घुमिरहन्छन् । दिन नै खराब हुन्छ । आफुलाई के के कुरामा खुशी मिल्छ त्यही कुराहरू मात्र सम्झिनुहोस् । जसकारण दिननै खुसीसाथ कटोस् । तपाइका जिवनका रमाइला क्षणहरूलाई याद गर्नुहोस् ।

बिहान उठ्ने बित्तिकै समाचार पढ्नुहोस्, प्रेसक भनाइहरू पढ्नुहोस् । दिनको सुरूवात राम्रो हुन्छ ।

घरको सरसफाइ गर्नुहोस् । आफुपनि सफा भएर बस्नुहोस् । घर सफा हुदा आफैँमा आनन्द हुन्छ । आफु पनि सफा हुँदा शरीर नै फ्रेस हुन्छ र जे काम गर्न पनि जाँगर चल्छ । जिउनै फुर्तिलो हुन्छ । सरसफाइले मन तथा दिमाग पनि स्वच्छ र ताजा हुन्छ ।

आफ्नो परिवार, साथीसँग नजिक हुनुहोस् । परिवार र साथीभाइहरूसँग माया र आत्मियता बाढ्नुहोस् ।

बिहान उठ्ने बित्तिकै दिनभरी आफुले गर्ने कामको तालिका बनाउनुहोस् । सोही तालिका अनुसार आफ्नो काम पुरा गर्नुहोस् । यसो गर्नाले तपाइको दिन राम्ररी कट्छ ।

तपाइँलाई गर्न अल्छी लाग्ने या गाह्रो लाग्ने काम बिहानै गर्नुहोस् । त्यो काम सकिदा तपाइँलाई खुसी लाग्नेछ र अरू काम गर्नको लागि जोश बढ्छ । गर्न मन नलाग्ने काम त गरे अब यति पनि गरी हाल्छु भन्रे लाग्छ र अरू काम गर्न पनि जाँगर चल्छ ।

केही समय अध्यात्मकको लागी पनि छुट्याउनुहोस् । अध्यात्मिक कार्यले तपाइको मनलाइ शान्ति दिन्छ । बिहानै भगवानको नाम जपी दिनको सुरूवात गर्नाले मनमा खुसी छाँउछ ।

बिहान उठ्ने बित्तिकै सन्तुलित भोजन गर्नुहोस् । यसले शरीरमा फाइदा गर्दछ । बिहानै खाली पेटमा चिल्लो खाना खानु भयो भने शरीरमा गढबढी आउँछ । शरीरका लागी राम्रो गर्ने खाना खानुभयो भने शरीरलाई फाइदा मात्र नभइ तपाइँको दिनको पनि राम्रो सुरूवात हुन्छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस