गृहपृष्ठ ∕ समाचार ∕ द्रौपदी कसरी पाँच पाण्डवकि पत्नी बनिन् ? द्रौपदी कसरी पाँच पाण्डवकि पत्नी बनिन् ? दीप संञ्चार असोज ६, २०७८ गते १५:२१ मा प्रकाशित काठमाडौँमहाभारतकी अमर पात्र द्रौपदी आफ्ना पाँच पतिका कारण सधैं विवादमा रहिन् । बहुपति प्रथालाई स्वीकार नगर्ने समाजमा द्रौपदीको कदम क्रान्तिकारी थियो जसका कारण उनीमाथि अनेकौं लाञ्छना लागे ।हुन त द्रौपदीले अर्जुनसँग मात्र विवाह गरेकी हुन् तर उनको सम्बन्ध अर्जुनका दाजुभाइसँग हुन पुग्यो । द्रौपदी अर्जुनलाई मात्र प्रेम गर्थिन् कि रु अझ कर्णलाई पनि मन पराउँथिन् कि रु साँच्चै उनका पाँच पति थिए त रुवनवासमा रहँदा अर्जुनले ब्राह्मणको भेष बनाएर द्रौपदीलाई स्वयंबरमा जितेका थिए । प्रतिबिम्बमा हेरेर माछाको आँखामा निशान लगाउने परीक्षा जितेपछि द्रौपदी अर्जुनकी भइन् । तर अर्जुनका दाइ युधिष्ठिरले पहिला आफ्नो विवाह हुनुपर्ने बताए । अनि राजकुमारी द्रौपदी सबै पाण्डव भाइको पटरानी हुनुपर्ने पनि भने ।द्रुपदले यस्तो बहुपतिमा आपत्ति उठाएपछि वेदव्यासले उनलाई द्रौपदीको पूर्वजन्मका बारेमा सम्झाएर राजी गराए । पूर्वजन्ममा भगवान् शिवसँग हडबडाएर पाँच वर मागेका कारण द्रौपदीले पाँच पति पाउने रहस्य रहेको वेदव्यासले सम्झाए ।पाँचै पाण्डवले फरक फरक दिनमा द्रौपदीको पाणिग्रहण गरे । पछि पाँचै पाण्डवबाट द्रौपदीले एक एक वर्षको अन्तरालमा एक एक पुत्र जन्माइन् । युधिष्ठिरको प्रतिविन्ध्य, भीमसेनको सुतसोम, अर्जुनको श्रुतकर्मा, नकुलको शतानीक र सहदेवको श्रुतसेन नामक छोरो जन्मिए ।पाण्डवहरूले अन्य पत्नीसँग पनि विवाह गरेका थिए र उनीहरूबाट पनि सन्तान जन्माएका थिए । तर सबैले द्रौपदीलाई नै महारानी मान्थे ।द्रौपदी कर्णप्रति आसक्त थिइन् भनी बंगाली उपन्यासकार चित्रा बनर्जी दिवकरुणीले द प्यालेस अफ इल्युजनमा कथा बनाएकी छिन् । कर्णले द्रौपदीलाई पाउन नसकेको पीडा द्युतसभामा अपमान गरेर शमन गर्न खोजे ।तर महाभारतलाई गहिरो अध्ययन गर्ने हो भने द्रौपदी कृष्णलाई मन पराउँथिन् भन्ने देखिन्छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप