गृहपृष्ठ ∕ समाचार ∕ तलिबानको नयाँ प्रतिबन्ध : महिला थप आक्रोशित तलिबानको नयाँ प्रतिबन्ध : महिला थप आक्रोशित दीप संञ्चार असोज ४, २०७८ गते २१:५९ मा प्रकाशित काठमाडौँ –अफगानिस्तानमा तालिबानले सत्ता नियन्त्रणमा लिएपछि महिला र छात्राहरूको अधिकारमा निरन्तर कडाइ र बन्देज बढाइएको छ । सोमबार तालिबानले महिलाहरूको अधिकार र स्वतन्त्रतामा थप कडा पार्दै जाने सङ्केत गरेको छ।महिलाहरूलाई काममा पहुँच कम गर्ने र केटीहरूलाई विद्यालय जानबाट रोक्ने लगायतका कदमहरू चाल्न थालिएको छ।तालिबानको विगतको शासन क्रूर एवं दमनकारी रहेकाले यस पटक उनीहरूले स्वतन्त्रता र उदारतालाई प्राथमिकता दिने गरेको घोषणा पनि क्रमशः लागू नहुने र विगतको जस्तै कठोर शासन सञ्चालन गर्ने सङ्केत तालिबानले दिएको छ।परराष्ट्र मन्त्रालयकी वरिष्ठ अधिकृतले सेवाबाट बर्खास्तीमा परेपछि आफूहरू ठूलो पीडामा परेको एएफपीलाई बताएकी छिन् । उक्त मन्त्रालयमा काम गर्ने थुप्रै महिलाहरूले जागिर गुमाउनु परेको छ। जसले महिलाहरूले मरेतुल्य हुनु परेको टिप्पणी गरेका छन् ।यसैगरी राजधानी काबुलको एक नगरपालिकाका मेयरका अनुसार त्यहाँ कार्यरत महिला कर्मचारीको स्थानमा अब छिट्टै पुरुष कर्मचारी भर्ना गरिनेछ । शिक्षा मन्त्रालयले पछिल्ला दिनहरूमा पुरुष शिक्षक र विद्यार्थीहरूलाई मात्र अध्ययन अध्यापनमा फर्किन आग्रह गरेको छ।यद्यपि नयाँ शासकहरूले यस किसिमको औपचारिक नीतिको घोषणा भने गरेका छैनन् । शुक्रबार सबै पुरुष कर्मचारी उपस्थित भएर पूर्व सरकारको महिला मामिला मन्त्रालय बन्द गरिएको छ। यस्ता कदमले सबै महिलाहरू भयभीत भएका छन् ।उनीहरू अब राम्रो रोजगारी नपाउने चिन्ताले छट्पटिएका छन् ।देशमा बिग्रदै गएको स्वास्थ्य अवस्था र बाह्य सहयोगको कटौतीले चिन्तित बन्दै गएको विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयेसुस तालिबान नेतृत्वसँगको वार्ता अघि सोमबार काबुलमा पुगेका छन् ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारजहाज दुर्घटनाग्रस्त स्थल – शव चिनिने अवस्थामा छैनन्दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको विमान२५ जिल्लाका सुत्केरी महिलालाई एकमुष्ठ पाँच हजार रुपैयाँ पोषणभत्तापोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको विमान सम्पर्कविहीन धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट जहाज दुर्घटनाग्रस्त स्थल – शव चिनिने अवस्थामा छैनन् दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको विमान प्रवासी भुजेल समाज युएईद्वारा उभौली पर्व मनायो १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट विनियोजन शिक्षा मन्त्रालयको लागि ७० अर्ब ५ करोड बजेट टोबि द जेन्टलमेन २५ जिल्लाका सुत्केरी महिलालाई एकमुष्ठ पाँच हजार रुपैयाँ पोषणभत्ता सरकारले गर्यो मिर्गौला रोगीहरुको निशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था