चीनबाट आज आइपुगेको ४४ लाख डोज खोप क–कसलाई लगाइन्छ ?
काठमाडौँ –
चीनबाट खरिद गरिएको ४४ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुगेको छ। खोप शुक्रबार अपरान्ह नेपाल आइपुगेको हो।
नेपाल वायुसेवा निगमको चार्टर्ड जहाजले सवा २ बजे खोपलाई काठमाडौं ल्याएको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले बताए।
सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो। जसमध्ये १६ लाख डोज खोप भदौ ४ र ५ गते नै आइसकेको छ। खोप ल्याउन निगमको वाइडवडी ३३० जहाज बिहीवार बेइजिङ गएको थियो।
पहिलोपटक एकै खेपमा यति धेरै खोप ल्याइएको हो। यसअघि एक भायलमा दुई डोज मात्र हुन्थ्यो जसले एक खेपमा ८ लाख भायल ल्याउने गरिएको थियो। अहिले चीनले एक भायलमा ५ डोजको खोप उत्पादन गर्छ। जसले गर्दा एकै पटक ४४ लाख डोज खोप ल्याउन सकिएको हो।
यसअघि कोभिसिल्ड २४ लाख ४८ हजार, ७४ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १७ लाख ७७ हजार ३२० डोज अस्ट्राजेनेका खोप आइसकेको छ।
आगामी असोजमा गाभी संयन्त्रमार्फत १ लाख डोज फाइजर खोप ल्याइने भएको छ भने वर्षको अन्त्यसम्म ६० लाख फाइजर ४० लाख मोडर्ना गरी एक करोड डोज खोप आउने जनाइएको छ। फाइजर मंसिरभित्र आउनेछ भने मोडर्ना केही समयपछि आउने भएको छ। सरकारले खोप वितरणबारे तयारी गरिरहेको बताइएको छ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
ताजा अपडेट
- प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न
- नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
तपाईको प्रतिक्रिया दिनुहोस