गृहपृष्ठ ∕ समाचार ∕ अरुलाई कोरोना भाइरस सारेको अभियोगमा एक जनालाई पाँच वर्ष जेल अरुलाई कोरोना भाइरस सारेको अभियोगमा एक जनालाई पाँच वर्ष जेल दीप संञ्चार भदौ २२, २०७८ गते २१:०३ मा प्रकाशित काठमाडौँ –भियतनाममा कोभिड-१९ नियन्त्रण गर्न लागु गरिएको नियम उल्लङ्घन गरेको तथा कोरोनाभाइरस फैलाएको अभियोगमा एक व्यक्तिलाई पाँच वर्ष जेल सजाय सुनाइएको छ।ले भान ट्री नाम गरेका ती व्यक्तिले आठ जनालाई खतरनाक सङ्क्रामक रोगू सारेको एउटा अदालतले ठहर गरेको हो। ती आठ जनामध्ये एक जनाको उक्त रोगकै कारण मृत्यु भएको बताइएको छ।केही समयअघिसम्म भियतनाममा कोभिड नियन्त्रण गर्न कडा प्रतिबन्धहरू सफलतापूर्वक लागु गरिएको थियो। तर जुन महिनादेखि अतिसङ्क्रामक मानिएको डेल्टा भेरिअन्टका कारण त्यहाँ कोभिड तीव्र गतिमा फैलियो।भियतनाममा पाँच लाख ३० हजार जनाभन्दा बढी मानिस कोरोनाभाइरस सङ्क्रमित भइसकेका छन्। तीमध्ये १३,३०० जनाको मृत्यु भएको तथ्याङ्क छ। अधिकांश सङ्क्रमितहरू राजधानी हो चि मिन्ह सिटीमा फेला परेका हुन्।जुलाईमा २८ वर्षीय ट्री राजधानीबाट मोटरसाइकलमा देशको दक्षिण भेगमा अवस्थित आफ्नो घर भएको सा माऊ प्रान्त गएको बताइएको छ।सा माऊमा उनले स्वास्थ्य फारम भर्दा यात्रासम्बन्धी विवरणबारे असत्य कुरा लेखेको पाइएको थियो। अनि उनले आइसोलेशनसम्बन्धी नियम पनि पालना नगरेको पाइयो।स्थानीय निकायले त्यतिबेला अरू प्रान्तबाट सा माऊ आउने सबै मानिसले तत्कालै २१ दिन अरूबाट अलग्गिएर बस्नुपर्ने नियम लागु गरेको थियो।ट्रीलाई पछि कोभिड भएको पुष्टि भयो। उनीबाटै उनको परिवारका अरू सदस्य र उनले भ्रमण गरेको एउटा कल्याणकारी संस्थाका कर्मचारीलाई कोरोनाभाइरस सरेको पाइयो।एकदिने सुनुवाइपछि उनलाई जेल पठाइएको छ भने ८०० डलरबराबर जरिबाना तिराइएको छ।बिबिसीक्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप