गृहपृष्ठ ∕ समाचार ∕ अरुलाई कोरोना भाइरस सारेको अभियोगमा एक जनालाई पाँच वर्ष जेल अरुलाई कोरोना भाइरस सारेको अभियोगमा एक जनालाई पाँच वर्ष जेल दीप संञ्चार भदौ २२, २०७८ गते २१:०३ मा प्रकाशित काठमाडौँ –भियतनाममा कोभिड-१९ नियन्त्रण गर्न लागु गरिएको नियम उल्लङ्घन गरेको तथा कोरोनाभाइरस फैलाएको अभियोगमा एक व्यक्तिलाई पाँच वर्ष जेल सजाय सुनाइएको छ।ले भान ट्री नाम गरेका ती व्यक्तिले आठ जनालाई खतरनाक सङ्क्रामक रोगू सारेको एउटा अदालतले ठहर गरेको हो। ती आठ जनामध्ये एक जनाको उक्त रोगकै कारण मृत्यु भएको बताइएको छ।केही समयअघिसम्म भियतनाममा कोभिड नियन्त्रण गर्न कडा प्रतिबन्धहरू सफलतापूर्वक लागु गरिएको थियो। तर जुन महिनादेखि अतिसङ्क्रामक मानिएको डेल्टा भेरिअन्टका कारण त्यहाँ कोभिड तीव्र गतिमा फैलियो।भियतनाममा पाँच लाख ३० हजार जनाभन्दा बढी मानिस कोरोनाभाइरस सङ्क्रमित भइसकेका छन्। तीमध्ये १३,३०० जनाको मृत्यु भएको तथ्याङ्क छ। अधिकांश सङ्क्रमितहरू राजधानी हो चि मिन्ह सिटीमा फेला परेका हुन्।जुलाईमा २८ वर्षीय ट्री राजधानीबाट मोटरसाइकलमा देशको दक्षिण भेगमा अवस्थित आफ्नो घर भएको सा माऊ प्रान्त गएको बताइएको छ।सा माऊमा उनले स्वास्थ्य फारम भर्दा यात्रासम्बन्धी विवरणबारे असत्य कुरा लेखेको पाइएको थियो। अनि उनले आइसोलेशनसम्बन्धी नियम पनि पालना नगरेको पाइयो।स्थानीय निकायले त्यतिबेला अरू प्रान्तबाट सा माऊ आउने सबै मानिसले तत्कालै २१ दिन अरूबाट अलग्गिएर बस्नुपर्ने नियम लागु गरेको थियो।ट्रीलाई पछि कोभिड भएको पुष्टि भयो। उनीबाटै उनको परिवारका अरू सदस्य र उनले भ्रमण गरेको एउटा कल्याणकारी संस्थाका कर्मचारीलाई कोरोनाभाइरस सरेको पाइयो।एकदिने सुनुवाइपछि उनलाई जेल पठाइएको छ भने ८०० डलरबराबर जरिबाना तिराइएको छ।बिबिसीक्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसरकारी जग्गा बैना गरी ठगी गरेको आरोपमा ७२ वर्षीय वृद्धसहित…पूर्व डीआईजी रञ्जन कोइराला पक्राउकतारमा जुन १ देखि बाहिर घाममा काम लगाउन नपाउनेकटारीमा नातिले खुकुरी प्रहार गरी हजुरआमाको हत्या धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट सभ्य अमेरिकीलाई बन्दुक दिनुपर्छ :डोनाल्ड ट्रम्प यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर नीति तथा कार्यक्रम आज पारित गर्न प्रतिनिधिसभाको बैठक ११ बजे बस्ने भुजेल समाज कतारले मनायो मौलिक उभौली (प्यहुगाल पारिम) पर्व सरकारी जग्गा बैना गरी ठगी गरेको आरोपमा ७२ वर्षीय वृद्धसहित दुई जना पक्राउ पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ मिलिपोल कतार प्रदर्शनी २०२२ को १४ औं संस्करण सप्पन्न महानगरबासीका ‘बाहुबली’