Techie IT
×
गृहपृष्ठसमाचारसामाजिक सुरक्षा भत्ता अब ३-३ महिनामा बाँडिने, नयाँ दर सार्वजनिक – कस्को भत्ता कति पुग्यो ? (सूचीसहित)

सामाजिक सुरक्षा भत्ता अब ३-३ महिनामा बाँडिने, नयाँ दर सार्वजनिक – कस्को भत्ता कति पुग्यो ? (सूचीसहित)


काठमाडौँ –

सरकारले सामाजिक सुरक्षा भत्ता अब प्रत्येक ३-३ महिनामा वितरण गर्ने भएको छ । तत्कालीन ओली सरकारले ३३ प्रतिशतले वृद्धि गरेपश्चात नयाँ भत्तादर पनि सरकारले सार्वजनिक गरेको छ ।

गत बुधबार मन्त्रिपरिषद् बैठकले तत्कालीन अर्थमन्त्री पौडेलले बजेटमार्फत चालु आर्थिक वर्ष २०७८र०७९ का लागि बढाएको सामाजिक सुरक्षा भत्ता कार्यान्वयन गर्ने निर्णय लिएको थियो । मन्त्रिपरिषद्ले निर्णय गरेको करिब एक साता पुग्न लाग्दा राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले ३३ प्रतिशतले वृद्धि भएपछिको नयाँ सामाजिक सुरक्षा भत्तादर सार्वजनिक गरेको हो ।

अर्थमन्त्रीले ९ प्रकारका सामाजिक सुरक्षा भत्तादर ३३ प्रतिशतले वृद्धि गर्ने भनिए पनि वृद्धभत्ता भने बजेट बक्तव्यमार्फत नै ४ हजार पुर्‍याउने घोषणा गरेका थिए । त्यसैअनुसार रकम निर्धारण गरिएको विभागका महानिर्देशक जितेन्द्र बस्नेतले जानकारी दिए ।

यसअघि ७० वर्षमाथिका ज्येष्ठ नागरिले ३ हजार रूपैयाँ मासिक भत्ता पाउने गरेकोमा ३३ प्रतिशतले वृद्वि गर्दा ९ सय ९० रूपैयाँ बढेर ३ हजार ९ सय ९० हुन आउँछ । तर, यसलाई बजेट वक्तव्यमार्फत नै ४ हजार पुर्‍याइएपछि त्यही कायम भएको छ । चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ताका लागि मात्र १ खर्ब रूपैयाँ विनियोजन भइसकेको छ । गत आवमा ६७ अर्ब ५० करोड विनियोजन गरिएको थियो ।

सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढेकोमा विनियोजित बजेट ४८ प्रतिशत बढेको छ । १४ जिल्लामा बालपोषण भत्ता वितरण गर्ने निर्णय भए पनि त्यहाँ कति बालबालिकालाई बालपोषण भत्ता वितरण गरिने हो भन्ने बारेमा हिसाव आइनसकेकाले बढी रकम विनियोजन गर्नुपरेको हो ।

अब त्रैमासिक वितरण

यसअघि चौमासिक अर्थात ४-४ महिनामा वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता अबदेखि भने त्रैमासिक अर्थात ३(३ महिनामा नै वितरण हुने भएको छ । सामाजिक सुरक्षा भत्ता चौमासिकबाट त्रैमासिक वितरण हुने निर्णयसँगै अब हरेक आर्थिक वर्षको पहिलो त्रैमासिक असोज, दोस्रो त्रैमासिक पुस, तेस्रो त्रैमासिक चैत र चौथो त्रैमासिक असारमा वितरण गरिने भएको हो ।

त्रैमासिकरूपमा वितरण हुने कानूनी व्यवस्था भएकाले त्यसैअनुसार निकासा तथा वितरण हुने विभागका निर्देशक एवम् सामाजिक सुरक्षा शाखा प्रमुख अनुज भण्डारीले जानकारी दिए ।

उनले भने, ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली माघमा संशोधन गरेर अर्थ मन्त्रालयले साउनदेखि लागू गर्न भनिसकेको छ । त्यसमा सामाजिक सुरक्षा भत्ता त्रैमासिकरूपमा निकासा तथा वितरण गर्नुपर्ने व्यवस्था गरेको छ । त्यसै अनुसार अबदेखि ३(३ महिनामा वितरण हुन्छ ।’

कस्को भत्ता कति पुग्यो

१ जेष्ठ नागरिक भत्ता ७० वर्ष माथि ४०००

२ अपागंता भत्ता (क) वर्ग ३९९०

३ लोपोन्मुख जाति ३९९०

४ जेष्ठ नागरिक दलित २६६०

५ जेष्ठ नागरिक एकल महिला २६६०

६ जेष्ठ नागरिक क्षेत्र तोकिएको २६६०

७ विधवा आर्थिक सहायता २६६०

८ अपागंता भत्ता ९ख० वर्ग २१२८

९ बाल पोषण भत्ता ५३२


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस