Techie IT
×
गृहपृष्ठसमाचारसैनिक हुद्दा गुरुङको हत्यामा संलग्न उनकै साथीलाई २५ वर्ष कैद सजाय

सैनिक हुद्दा गुरुङको हत्यामा संलग्न उनकै साथीलाई २५ वर्ष कैद सजाय


काठमाडौँ – नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्या अभियोगमा सैनिक जवान गंगाधर ढकाललाई जन्मकैदको फैसला भएको छ।

समरी जनरल सैनिक अदालतले ढकाललाई हत्या सम्बन्धी कसुरमा दोषी ठहर गर्दै जन्म कैद ९२५ वर्ष० र भविष्यमा सरकारी सेवामा अयोग्य ठहरिने गरी बुधबार फैसला गरेको हो। बिहीबार उक्त फैसला सुनाई कार्यन्वयन समेत भएको जंगी अड्डाले जनाएको छ।

चितवनको भरतपुर महानगरपालिका १७ शारदानगरस्थित सिमलडाँडामा गुरुङको हत्या भएको थियो। हत्या अभियोगमा ढकाल साउन ७ गते पक्राउ परेका थिए।

उनले सर्ट मेसिन गन (एसएमजी) चोरी गरेर त्यसैले हत्या गरेको कोर्टअफ इन्क्वायरीको प्रतिवेदनमा उल्लेख छ।तर उक्त हतियार चोरेको आरोपमा दुई सैनीक अमल्दार लव कुमार गुरुङ र जवान सरोज तामाङ दुई वर्षदेखि थुनामा छन्। समरी जनरल सैनिक अदालतको फैसलाविरुद्ध उनीहरुले पुनरावेदन गरेपछि अहिले यो मुद्दा पनि विशेष सैनिक अदालतमा सुनुवाइ भइरहेको छ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस