गृहपृष्ठ ∕ समाचार ∕ चीनसँगको सीमा समस्याबारे अध्ययन गर्न समिति बनाउने सरकारको निर्णय चीनसँगको सीमा समस्याबारे अध्ययन गर्न समिति बनाउने सरकारको निर्णय दीप संञ्चार भदौ १६, २०७८ गते २०:३६ मा प्रकाशित काठमाडौँ – नेपाल र छिमेकी मुलुक चीनको सीमा विवाद पनि बेलाबेला सहतमा आउने गरेको छ। सीमा विवादका विषयमा संसदमै पनि पटकपटक प्रश्न उठ्ने गरेको छ।केही समयअघि नेपाली कांग्रेसको पदाधिकारी बैठकमा पनि नेताहरुले चीनले सीमा मिचेको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग जवाफ मागेका थिए। बेलाबेला सीमा विवाद लिएर सांसद तथा नेताहरुले सरकारमाथि दबाब बढाइरहेका छन्।यसैबीच सरकारले चीनसँगको सीमा विवाद अध्ययन गर्न छानबिन समिति गठन गर्ने भएको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले हुम्ला जिल्लाका विभिन्न ठाउँमा देखिएका सीमा विवादबारे अध्ययन गर्न छानबिन समिति गठन गर्ने निर्णय गरेको हो।सरकारका प्रवक्तासमेत रहेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमा विवादको अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन बुझाउनका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गर्ने तयारी सरकारले गरेको छ।उक्त छानबिन समितिमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकारी र सीमाविद्हरुलाई समावेश गरिने बताइएको छ। छानबिन समितिले प्रतिवेदन बुझाएपछि सीमा विवादका विषयमा कुटनीतिक छलफल अघि बढाउने तरखरमा सरकार जुटेको छ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतारबाट एनआरएनए सचीव पदमा टंकप्रसाद गैरेको उम्मेद्बारी घोषणामधेस प्रदेशमा आज सार्वजनिक बिदाआजको मौसम : यी चार प्रदेशमा पानी पर्ने सम्भावनाआज इन्द्रजात्रा, उपत्यकामा सार्वजनिक बिदा धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २डीआईजी अशोक सिंहले दिए राजीनामा ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउदै ५नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक रावण, के अर्थ लाग्छ रावणका दश टाउकाको ? ८सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ताजा अपडेट कतारबाट एनआरएनए सचीव पदमा टंकप्रसाद गैरेको उम्मेद्बारी घोषणा संबिधानमा नै समावेश गरेर उत्तर कोरियाले आणविक हतियार उत्पादन गर्ने अबको नेतृत्व मध्यपूर्वले पाउनुपर्छ भन्दै कोषाध्यक्ष लोक दाहालद्धारा सचिव पदमा उम्मेदवारी घोषणा एमाले बागमती अधिवेशन : केशवराज पाण्डेले फिर्ता लिए अध्यक्ष पदको उम्मेदवारी मधेस प्रदेशमा आज सार्वजनिक बिदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाँदै आजको मौसम : यी चार प्रदेशमा पानी पर्ने सम्भावना आज इन्द्रजात्रा, उपत्यकामा सार्वजनिक बिदा