गृहपृष्ठ ∕ समाचार ∕ चीनसँगको सीमा समस्याबारे अध्ययन गर्न समिति बनाउने सरकारको निर्णय चीनसँगको सीमा समस्याबारे अध्ययन गर्न समिति बनाउने सरकारको निर्णय दीप संञ्चार भदौ १६, २०७८ गते २०:३६ मा प्रकाशित काठमाडौँ – नेपाल र छिमेकी मुलुक चीनको सीमा विवाद पनि बेलाबेला सहतमा आउने गरेको छ। सीमा विवादका विषयमा संसदमै पनि पटकपटक प्रश्न उठ्ने गरेको छ।केही समयअघि नेपाली कांग्रेसको पदाधिकारी बैठकमा पनि नेताहरुले चीनले सीमा मिचेको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग जवाफ मागेका थिए। बेलाबेला सीमा विवाद लिएर सांसद तथा नेताहरुले सरकारमाथि दबाब बढाइरहेका छन्।यसैबीच सरकारले चीनसँगको सीमा विवाद अध्ययन गर्न छानबिन समिति गठन गर्ने भएको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले हुम्ला जिल्लाका विभिन्न ठाउँमा देखिएका सीमा विवादबारे अध्ययन गर्न छानबिन समिति गठन गर्ने निर्णय गरेको हो।सरकारका प्रवक्तासमेत रहेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमा विवादको अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन बुझाउनका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गर्ने तयारी सरकारले गरेको छ।उक्त छानबिन समितिमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकारी र सीमाविद्हरुलाई समावेश गरिने बताइएको छ। छानबिन समितिले प्रतिवेदन बुझाएपछि सीमा विवादका विषयमा कुटनीतिक छलफल अघि बढाउने तरखरमा सरकार जुटेको छ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट