Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारकलाकार निशा घिमिरेको निधन

कलाकार निशा घिमिरेको निधन


काठमाडौँ – मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा निधन भएको छ। घिमिरेको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे निधन भएको नर्भिक अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन। उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो।

खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घाउहरु समेत लामो समयसम्म पुरिन सकेका थिएनन्। गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था गम्भीर बन्न पुगेको थियो।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस