गृहपृष्ठ ∕ समाचार ∕ महिना दिनपछि इन्द्रावती तेस्रोबाट विद्युत् उत्पादन सुरु महिना दिनपछि इन्द्रावती तेस्रोबाट विद्युत् उत्पादन सुरु दीप संञ्चार भदौ १६, २०७८ गते ७:३४ मा प्रकाशित रासस –मेलम्ची इन्द्रावती नदीमा आएको लगातारको बाढीका कारण साउन १७ गतेदेखि बन्द रहेको इन्द्रावती तेस्रो जलविद्युत् केन्द्र पुनः सञ्चालनमा आएको छ । सात दशमलव पाँच मेगावाट क्षमताको उक्त आयोजना करिब एक महिनापछि सञ्चालनमा आएको हो । यसअघि गत असार १ गतेको मेलम्ची इन्द्रावती नदीको बाढीले क्षति पुर्याएको आयोजना डेढ महिना बन्द भएर साउन १४ गतेदेखि सञ्चालनमा आएको थियो ।साउन १७ गते पुनः आएको बाढीले मेलम्ची नगरपालिका–१२ सिन्धुखोलामा बगाएको दुईवटा टावर महिना दिनभित्रमा अस्थायी पुनःनिर्माण गरी विद्युत् उत्पादन सुरु गरिएको केन्द्रका कामु प्रमुख इञ्जीनियर वसन्तलाल कर्णले जानकारी दिए ।गत असार १ गतेको इन्द्रावतीमा आएको बाढीले जलविद्युत् केन्द्रको तिपेनीस्थित बाँधमा क्षति पुर्याएको थियो भने मेलम्ची खोलामा आएको बाढीले दुईवटा टावर बगाएको थियो । तिपेनीस्थित बाँध क्षेत्रमा बाढीले भत्काएको आधा संरचना खोलामा पानीको सतह बढी भएकाले अहिले पुनःनिर्माण गर्न नसकिएको कर्णले बताए । हिउँदमा गरिने पुनःनिर्माणका लागि थप रु चार करोड खर्च हुने अनुमान छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै