गृहपृष्ठ ∕ समाचार ∕ महिना दिनपछि इन्द्रावती तेस्रोबाट विद्युत् उत्पादन सुरु महिना दिनपछि इन्द्रावती तेस्रोबाट विद्युत् उत्पादन सुरु दीप संञ्चार भदौ १६, २०७८ गते ७:३४ मा प्रकाशित रासस –मेलम्ची इन्द्रावती नदीमा आएको लगातारको बाढीका कारण साउन १७ गतेदेखि बन्द रहेको इन्द्रावती तेस्रो जलविद्युत् केन्द्र पुनः सञ्चालनमा आएको छ । सात दशमलव पाँच मेगावाट क्षमताको उक्त आयोजना करिब एक महिनापछि सञ्चालनमा आएको हो । यसअघि गत असार १ गतेको मेलम्ची इन्द्रावती नदीको बाढीले क्षति पुर्याएको आयोजना डेढ महिना बन्द भएर साउन १४ गतेदेखि सञ्चालनमा आएको थियो ।साउन १७ गते पुनः आएको बाढीले मेलम्ची नगरपालिका–१२ सिन्धुखोलामा बगाएको दुईवटा टावर महिना दिनभित्रमा अस्थायी पुनःनिर्माण गरी विद्युत् उत्पादन सुरु गरिएको केन्द्रका कामु प्रमुख इञ्जीनियर वसन्तलाल कर्णले जानकारी दिए ।गत असार १ गतेको इन्द्रावतीमा आएको बाढीले जलविद्युत् केन्द्रको तिपेनीस्थित बाँधमा क्षति पुर्याएको थियो भने मेलम्ची खोलामा आएको बाढीले दुईवटा टावर बगाएको थियो । तिपेनीस्थित बाँध क्षेत्रमा बाढीले भत्काएको आधा संरचना खोलामा पानीको सतह बढी भएकाले अहिले पुनःनिर्माण गर्न नसकिएको कर्णले बताए । हिउँदमा गरिने पुनःनिर्माणका लागि थप रु चार करोड खर्च हुने अनुमान छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप