Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारसमयमै अक्सिजन नपाउँदा मलेसियामै अस्ताए अमर

समयमै अक्सिजन नपाउँदा मलेसियामै अस्ताए अमर


अमर गुर्धामीको मलेशियामा कोरोना संक्रमित भएर बेलैमा अक्सिजन सहितको उपचार ढिला हुँदा मृ’त्यु भएको पारिवारीक स्रोतले जनाएको छ । अमर सात वर्षदेखि मलेशियामा कार्यरत रहेका थिए।

अ’चानक उनी बि’रामी परेका अमरले सामान्य ठानेर ड्युटी गरेको तर पछि संक्रमण पुष्टी भएपछि पनि अस्पताल लान तीन दिन ढिला गरिएको र उपचार ढिलो पाँउदा ज्या’न गएको आफन्तले बताए।

अक्सिजनको अभावमा छट्पटाउदै गएका अमरलाई काम गर्ने कम्पनी सम्म पुर्याएपनि एम्बुलेन्स आउन ढिला भएका कारण ज्या’न गएको उनका आफन्ती समीर बोहराले जानकारी दिए।

अहिले अमरको श’बलाई नेपाल पठाउन सम’स्या भएकाले मलेशियामै हिन्दु संस्कार अनुसार अन्त्य’ष्टीको प्रयास भईरहेको बोहराले जानकारी दिए।

१९ वर्षदेखि नेपाली बे’पत्ता, भेट्टाउनेलाई आरएम १ हजार पुरस्कार

यस्तै, म्याग्दि जिल्लाका सुर्य बहादुर केसी करिब १९ बर्षदेखि मलेसियामा बे’पत्ता भएका छन।

म्याग्दीको तत्कालिन अर्मन गाविस–४ का ४८ बर्षीय सुर्य बहादुर सन २००२ मा वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेको परिवारले बताएको छ। परिवारका अनुसार सुरुमा केही समय सम्पर्क भएपनि त्यसयता उनी कहिलै परिवारको सम्पर्कमा आएका छैनन् ।

साथै, उनको बारे कसैलाई थाहा भए ६०१६२९३०२७४ नम्बरमा अथवा मलाया खबरको सम्पर्क नम्बर ६०११७२३२८१५० मा फोन अथवा ह्वाट्सएप मार्फत सम्पर्क गरेर जानकारी दिनुहुन हार्दिक अुनुरोध गरिएको छ । जानकारी दिनेलाई मलेसियन आरएम १ हजार रिङ्गेट पुरस्कार समेत दिइने परिवारले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस