गृहपृष्ठ ∕ समाचार ∕ सप्तकोशीको बहाव ३०० मिटर फैलियो सप्तकोशीको बहाव ३०० मिटर फैलियो दीप संञ्चार भदौ १४, २०७८ गते २१:०३ मा प्रकाशित रासस –निरन्तर वर्षाका कारण बेलका नगरपालिकाको तटीय क्षेत्रमा सप्तकोशी नदीको बहाव ३०० मिटरसम्म फैलिएको छ ।बाढीका कारण आइतवार रातिसम्ममा सप्तकोशीले धार परिवर्तन गर्दै नदी, किनारको तटीय क्षेत्रका वडा नं २, ३, ८ र ९ का दुई हजार ४०० परिवारलाई असर पारेको नगरप्रमुख दुर्गाकुमार थापाले बताए । तटीय क्षेत्रमा डम्रीबोट, सोमबारे, मसानघाट, रामनगरका साथै धौरी, एबीसी र श्रीलंका टापु पर्दछ ।रामनगरका कृष्णबहादुर भुजेलका अनुसार आइतवार राति १० बजेसम्म पानीको बहाव नदी किनार पार गरेर ३०० मिटर दूरीको गाउँ इलाकासम्म प्रवेश गरेकामा आज बिहान वर्षा कम भएकाले बहाव थोरै घटेर गएको छ ।वस्तीमै बाढी प्रवेश गर्न थालेकाले त्यहाँका बासिन्दालाई राति नै अन्यत्र सार्न थालिएको नगरप्रमुख थापाले बताए ।तटीय क्षेत्रमा सम्भावित कटान रोकेर गाउँलाई सुरक्षित राख्न आइतवारदेखि सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोलीसमेत परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।नदीको बहाव बढेकाले केही स्थानका जमिन कटान हुन थाले पनि अन्य स्थानमा भने कटानको खतरा नरहेको डुम्रीबोटका कर्ण मगरले बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप