गृहपृष्ठ ∕ समाचार ∕ सप्तकोशीको बहाव ३०० मिटर फैलियो सप्तकोशीको बहाव ३०० मिटर फैलियो दीप संञ्चार भदौ १४, २०७८ गते २१:०३ मा प्रकाशित रासस –निरन्तर वर्षाका कारण बेलका नगरपालिकाको तटीय क्षेत्रमा सप्तकोशी नदीको बहाव ३०० मिटरसम्म फैलिएको छ ।बाढीका कारण आइतवार रातिसम्ममा सप्तकोशीले धार परिवर्तन गर्दै नदी, किनारको तटीय क्षेत्रका वडा नं २, ३, ८ र ९ का दुई हजार ४०० परिवारलाई असर पारेको नगरप्रमुख दुर्गाकुमार थापाले बताए । तटीय क्षेत्रमा डम्रीबोट, सोमबारे, मसानघाट, रामनगरका साथै धौरी, एबीसी र श्रीलंका टापु पर्दछ ।रामनगरका कृष्णबहादुर भुजेलका अनुसार आइतवार राति १० बजेसम्म पानीको बहाव नदी किनार पार गरेर ३०० मिटर दूरीको गाउँ इलाकासम्म प्रवेश गरेकामा आज बिहान वर्षा कम भएकाले बहाव थोरै घटेर गएको छ ।वस्तीमै बाढी प्रवेश गर्न थालेकाले त्यहाँका बासिन्दालाई राति नै अन्यत्र सार्न थालिएको नगरप्रमुख थापाले बताए ।तटीय क्षेत्रमा सम्भावित कटान रोकेर गाउँलाई सुरक्षित राख्न आइतवारदेखि सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोलीसमेत परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।नदीको बहाव बढेकाले केही स्थानका जमिन कटान हुन थाले पनि अन्य स्थानमा भने कटानको खतरा नरहेको डुम्रीबोटका कर्ण मगरले बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारपोखरा विमानस्थलमा तेलको ट्याङ्कर पल्टिँदा विमानस्थलबाट हुने सबै उडान रद्दभ्रमण भिसामा नेपालबाट दुबई पठाई करोडौँ ठगी गर्ने पाँच जना…काठमाडौं महानगरपालिकाले रेष्टुरेन्ट, होटल,पेट्रोल पम्पको शौचालय सार्वजनिक प्रयोगमा ल्याउने निर्णयजहाज दुर्घटनाग्रस्त स्थल – शव चिनिने अवस्थामा छैनन् धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट पोखरा विमानस्थलमा तेलको ट्याङ्कर पल्टिँदा विमानस्थलबाट हुने सबै उडान रद्द भ्रमण भिसामा नेपालबाट दुबई पठाई करोडौँ ठगी गर्ने पाँच जना पक्राउ हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारमा प्रतिबन्धित लागुपदार्थ १०.३० केजी बरामद अर्घाखाँची सेवा समाज कतारले पाँचौ अधिवेशन गर्दै कम्युनिस्टले झैँ काँग्रेसले यो पाँच वर्ष खेर नफाल्ने गगन थापाको दाबी काठमाडौं महानगरपालिकाले रेष्टुरेन्ट, होटल,पेट्रोल पम्पको शौचालय सार्वजनिक प्रयोगमा ल्याउने निर्णय जहाज दुर्घटनाग्रस्त स्थल – शव चिनिने अवस्थामा छैनन् दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको विमान