गृहपृष्ठ ∕ समाचार ∕ कतारमा गाँजा पठाउने समूह पक्राउ कतारमा गाँजा पठाउने समूह पक्राउ दीप संञ्चार भदौ १३, २०७८ गते १९:०७ मा प्रकाशित नेपालबाट कतारमा गाँजा पठाउने समूहलाई लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन खैरहनी नगरपालिका–१० घर भएका बुद्धिराज पाठक, विष्णु श्रेष्ठ र मोरङ सुन्दरहरैचा नगरपालिका–६ घर भएका कुमार श्रेष्ठ छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार जान लागेका बुद्धिराजलाई ब्यूरोले भदौ ८ मा पक्राउ गरेको थियो । ‘ग्यास्ट्रिक हरण चुर्ण’को बट्टाभित्र ८ सय ग्राम गाँजा लुकाएर पाठक कतार हिँडेका थिए । तर, ब्यूरोले उनलाई पक्रेसँगै नेपालबाट गाँजा तस्करी गर्ने समूहबारे थाहा भएको छ ।पाठकलाई उनकै ज्वाई नाता पर्ने चितवनका विष्णु श्रेष्ठले गाँजा दिएको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता (एसपी) जिवन श्रेष्ठले बताए । विष्णुलाई मोरङका ३८ वर्षीय कुमार श्रेष्ठले गाँजा दिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।कुमारले १७ हजारमा किनेको गाँजा उनीहरुले ८ लाखमा बेच्नेगरी कतार लैजान लागेको प्रहरीलाई बताएका छन् । बुद्धिराज बिदामा नेपाल आएका थिए । बिदा सकेर फर्कंदा उनि गाँजा बोकेर जाँदै थिए ।भदौ १० मा मोरङको बेलबारीबाट पक्राउ गरिएका कुमार पनि विदेश बसेर फर्किएका हुन् । उनले यसअघि १ केजी गाँजा कतारमा लगेर १० लाखमा बेचेको प्रहरीसँग स्विकारेका छन् ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ