गृहपृष्ठ ∕ समाचार ∕ बसमा यात्रा गरिरहेकी आमाको मृत्युपछि भए पछि … बसमा यात्रा गरिरहेकी आमाको मृत्युपछि भए पछि … दीप संञ्चार भदौ ६, २०७८ गते १२:५८ मा प्रकाशित जाजरकोट : शुक्रबारदेखि एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। तस्बिरमा एक अचेत अवस्थामा रहेकी आमाको काखमा एउटा बालकलाई देख्न सकिन्छ। उक्त तस्बिरमा रहेकी महिलाको नाम धर्माकुमारी बटाला हो। २८ वर्षीया बटालको माइतीघर डडेल्धुराको अजयमेरु गाउँपालिका – ३ गुनपाल हो। उनले रुकुम–पश्चिमको आठबिसकोट नगरपालिका–९ का दलबहादुरसँग बिहे गरेकी थिइन्।उक्त तस्बिर उनी रुकुम पश्चिमको राडीबाट बाँकेको नेपालगञ्जमा जाँदा रात्रीबसमा लिइएको हो। मुटु रोगी उनी थप उपचारका लागि ३२ महिने छोरा किरणलाई बोकेर बिहीबार नेपालगञ्ज जाँदै थिइन्। उपचारका लागि गाउँबाट नेपालगञ्ज जाने क्रममा उनले बीचबाटो बसमै ज्यान गुमाएकी थिइन्।नेपालगञ्जमा रहेका श्रीमानलाई आफू बिरामी भएको खबर सुनाएपनि श्रीमानले गाँउकै मेडिकलमा उपचार गर्न सुझाए। तर उनलाई निको नभएपछि छोरा लिएर आउ नेपालगञ्जमै उपचार गरौँला भनेपनि राडीबाट रात्री बसमा उनी काखेबालकसहित चढेकी थिइ्न। उनको उपचारमा पहिला पनि ४ लाखभन्दा बढी खर्च भइसकेको बताउँदै श्रीमान भन्छन्, ‘मैलै नै उपचारका लागि बोलाएको थिए। शुक्रबार बिहान कोहलपुरमा भेट्न भनेर म पर्खिरहेको थिए। तर उनले बाटोमै ज्यान गुमाइ सकिछन्। रातिसम्म त फोनैमा कुरा भइरहेको थियो ठिकै थिइन् तर के पो भएछ बाटोमै देह त्याग गरिछन्। बिहान आमा मृत अवस्थामा र छोरालाई रोइरहेको अवस्थामा फेला पारे।’धर्माकुमारी चढेको बसका यात्रीका अनुसार राति उनले आफूलाई बान्ता आउने बताएपछि उनका लागि सिंगल सिट मिलाइएको थियो। ‘सुर्खेत र बर्दियाको सिमानामा पर्ने हरिया लेकमा भने उनको छोरा रोएको आवाज सुनियो। अगाडि गएर हेर्दा आमाको काखमा बालक रोइरहेका र धर्मा हलचल गर्न नसक्ने अवस्थामा थिइन्’ एक यात्रुले भने।रोइरहेको बच्चालाई भुलाउन धेरै यात्रुले उनलाई पालैपालो समातेपनि नमानेपछि आमा धर्माकुमारी बटालाको काखमा बच्चालाई राखिएको थियो। अन्नपूर्ण पोष्टका लागि राजेन्द्र कार्की लेख्छन, “सोहि समयमा एक जना यात्रुले उक्त तस्वीर खिचेका हुन्।” क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसरकारी जग्गा बैना गरी ठगी गरेको आरोपमा ७२ वर्षीय वृद्धसहित…पूर्व डीआईजी रञ्जन कोइराला पक्राउकतारमा जुन १ देखि बाहिर घाममा काम लगाउन नपाउनेकटारीमा नातिले खुकुरी प्रहार गरी हजुरआमाको हत्या धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट सरकारी जग्गा बैना गरी ठगी गरेको आरोपमा ७२ वर्षीय वृद्धसहित दुई जना पक्राउ पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ मिलिपोल कतार प्रदर्शनी २०२२ को १४ औं संस्करण सप्पन्न महानगरबासीका ‘बाहुबली’ यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर काठमाडौंमा पानी पर्नासाथ किन हुन्छ जलमग्न ? बालेन्द्र साह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बाग्लुङ समाज आयरल्यान्डद्वारा दृष्टिविहिन दाजुभाइलाई सहयोग