गृहपृष्ठ ∕ समाचार ∕ बसमा यात्रा गरिरहेकी आमाको मृत्युपछि भए पछि … बसमा यात्रा गरिरहेकी आमाको मृत्युपछि भए पछि … दीप संञ्चार भदौ ६, २०७८ गते १२:५८ मा प्रकाशित जाजरकोट : शुक्रबारदेखि एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। तस्बिरमा एक अचेत अवस्थामा रहेकी आमाको काखमा एउटा बालकलाई देख्न सकिन्छ। उक्त तस्बिरमा रहेकी महिलाको नाम धर्माकुमारी बटाला हो। २८ वर्षीया बटालको माइतीघर डडेल्धुराको अजयमेरु गाउँपालिका – ३ गुनपाल हो। उनले रुकुम–पश्चिमको आठबिसकोट नगरपालिका–९ का दलबहादुरसँग बिहे गरेकी थिइन्।उक्त तस्बिर उनी रुकुम पश्चिमको राडीबाट बाँकेको नेपालगञ्जमा जाँदा रात्रीबसमा लिइएको हो। मुटु रोगी उनी थप उपचारका लागि ३२ महिने छोरा किरणलाई बोकेर बिहीबार नेपालगञ्ज जाँदै थिइन्। उपचारका लागि गाउँबाट नेपालगञ्ज जाने क्रममा उनले बीचबाटो बसमै ज्यान गुमाएकी थिइन्।नेपालगञ्जमा रहेका श्रीमानलाई आफू बिरामी भएको खबर सुनाएपनि श्रीमानले गाँउकै मेडिकलमा उपचार गर्न सुझाए। तर उनलाई निको नभएपछि छोरा लिएर आउ नेपालगञ्जमै उपचार गरौँला भनेपनि राडीबाट रात्री बसमा उनी काखेबालकसहित चढेकी थिइ्न। उनको उपचारमा पहिला पनि ४ लाखभन्दा बढी खर्च भइसकेको बताउँदै श्रीमान भन्छन्, ‘मैलै नै उपचारका लागि बोलाएको थिए। शुक्रबार बिहान कोहलपुरमा भेट्न भनेर म पर्खिरहेको थिए। तर उनले बाटोमै ज्यान गुमाइ सकिछन्। रातिसम्म त फोनैमा कुरा भइरहेको थियो ठिकै थिइन् तर के पो भएछ बाटोमै देह त्याग गरिछन्। बिहान आमा मृत अवस्थामा र छोरालाई रोइरहेको अवस्थामा फेला पारे।’धर्माकुमारी चढेको बसका यात्रीका अनुसार राति उनले आफूलाई बान्ता आउने बताएपछि उनका लागि सिंगल सिट मिलाइएको थियो। ‘सुर्खेत र बर्दियाको सिमानामा पर्ने हरिया लेकमा भने उनको छोरा रोएको आवाज सुनियो। अगाडि गएर हेर्दा आमाको काखमा बालक रोइरहेका र धर्मा हलचल गर्न नसक्ने अवस्थामा थिइन्’ एक यात्रुले भने।रोइरहेको बच्चालाई भुलाउन धेरै यात्रुले उनलाई पालैपालो समातेपनि नमानेपछि आमा धर्माकुमारी बटालाको काखमा बच्चालाई राखिएको थियो। अन्नपूर्ण पोष्टका लागि राजेन्द्र कार्की लेख्छन, “सोहि समयमा एक जना यात्रुले उक्त तस्वीर खिचेका हुन्।” क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप