गृहपृष्ठ ∕ समाचार ∕ फोहोर नउठ्दा वाग्मती लगायतका नदी प्रदूषित बन्ने खतरा फोहोर नउठ्दा वाग्मती लगायतका नदी प्रदूषित बन्ने खतरा दीप संञ्चार भदौ ५, २०७८ गते २१:०१ मा प्रकाशित काठमाडौँ – काठमाडौँ उपत्यकाको फोहोर नउठेपछि वाग्मतीलगायतका नदी किनार प्रदूषित हुन थालेको छ ।उपत्यकाको फोहर व्यवस्थापन गरिँदै आएको नुवाकोटको ओखरपौवा जाने सडक बिग्रिएका कारण फोहर नउठेको हो । फोहर नउठेपछि नदी किनारका धेरै स्थानमा फोहोर थुप्रो लागेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा।माला खरेलले जानकारी दिइन् ।वाग्मती नदीमा बहाव बढेका अवसरमा नदी संरक्षण संस्थाले प्रत्येक वर्ष आयोजना गरेको जलयात्राका क्रममा आज थापाथलीबाट सुन्दरीघाटसम्म पुग्दा नदी किनारका धेरै स्थानमा फोहर थुपारेको भेटिएको उनले सुनाइन् । उपत्यकावासीले फोहर फेरि नदी किनारमा लैजान थालेपछि ४३२ हप्तादेखि सफाइ गरिँदै आए पनि फेरि प्रदूषित बन्ने खतरा बढेको छ ।वाग्मती सफाइ महाअभियानको ४३२ औँ हप्तामा आज थापाथली क्षेत्रमा सफाइ गरिएको छ । सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारी अभियानकर्मी, नदी संरक्षण संस्थाका पदाधिकारी एवं सदस्य गरी १५० भन्दा बढीको सक्रियता रहेको थियो । विसं २०७० जेठ ५ गतेदेखि प्रत्येक हप्ता बिहान दुई घण्टा स्वयंसेवी रूपमा वाग्मती सफाइ हुँदै आएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारजीप दुर्घटना हुँदा २ जनाको मृत्युब्राउन सुगरसहित एक महिला पक्राउएकैदिन १ हजार ७१४ कोरोना संक्रमित थपिदा ९ को मृत्युएकैदिन ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको… धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ३त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ४चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ५गोरखाका सुरेस भट्टले गरे रविन्द्र मिश्र संग सम्बन्ध विच्छेदको घोषणा ६सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण ७ब्राउन सुगरसहित वडा अध्यक्ष पक्राउ ८विद्यार्थी र शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द ताजा अपडेट प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै ओली प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, को–को बने मन्त्री ? लता मङ्गेशकर : प्रसिद्ध भारतीय गायिकाको ९२ वर्षको उमेरमा निधन अमेरिका र रुसबीचको विवाद चर्कियो, एकअर्कामा आरोप–प्रत्यारोप हिमपहिरोमा परी आठ जनाको मृत्यु एनआरएनएमा किन लाग्यो साइबर क्राइमको आरोप निर्वाचन घोषणा गर्दा पनि उत्सव मनाउने दिन आए : उपाध्यक्ष पोखरेल जीप दुर्घटना हुँदा २ जनाको मृत्यु