गृहपृष्ठ ∕ समाचार ∕ नेपाल सन्त समाजको निर्णयलाई अन्तिम निर्णय मान्ने – योगी पुष्पराज पुरुष नेपाल सन्त समाजको निर्णयलाई अन्तिम निर्णय मान्ने – योगी पुष्पराज पुरुष दीप संञ्चार साउन १४, २०७८ गते २०:०० मा प्रकाशित नेपाल सनातन धर्म संस्कृति संगठनको अध्यक्ष योगी पुष्पराज पुरुषले साउन १३ गते बुधवार एक विज्ञप्ति मार्फत नेपालको धार्मिक क्षेत्रलाई संगठित गर्ने कार्यमा नेपाल सन्त समाजले गर्ने निर्णयलाई अन्तिम निर्णय मान्ने बताएका छन।गत श्रावण महिनाको ३ र ४ गते तनहुँ जिल्लाको देवघाटमा नेपाल सन्त समाजको संरक्षणमा देशका विभिन्न धार्मिक अगुवा एवं गुरुहरुको बैठकले धार्मिक क्षेत्रलाई संगठित गर्न “विश्व ॐकार एकता महाअभियान” सुरू भएको प्रति खुसी व्यक्त गर्दै धार्मिक संगठनले विज्ञप्ति मार्फत स्वागत समेत गरेको छ।धार्मिक संगठनले नेपालको समग्र धार्मिक क्षेत्रको भावना बुझेर धर्म, संस्कृति र परम्पराको रक्षा गर्न सबै धार्मिक संघ संस्थाहरु संगठित हुनुको विकल्प नरहेको भन्दै पटक पटक विभिन्न माध्यमबाट छलफल गर्ने तथा आवाज उठाउने जस्ता कार्य गर्दै आइरहेको छ ।नेपालको समग्र धार्मिक क्षेत्रलाई संगठित हुन नदिने र फुटाउने कार्यमा लाग्ने सम्पुर्ण व्यक्ति वा संगठनहरूको विरुद्धमा खरो रुपमा उत्रिने विज्ञप्ती मार्फत धार्मिक संगठनले बताएको छ । अब हुने धार्मिक एकता तथा आन्दोलनमा कुनै पनि धार्मिक व्यक्ति वा संघ संस्थाहरु तटस्थ बस्न नहुने यदि त्यस्तो पाइएमा संगठनले अध्ययन गरेर अभिलेख राख्ने बताएको छ।धार्मिक कुरा गर्ने तर चरित्र र आचरण धार्मिक नभएका व्यक्तिहरुका कारण धार्मिक क्षेत्र कमजोर भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै धर्म निरपेक्ष पक्षधरहरुलाई सहयोग गर्ने,फाइदा पुग्ने कार्य गर्ने र समर्थन गर्ने कुनै पनि धार्मिक व्यक्ति वा संघ संस्थाको विरुद्ध जस्तो सुकै कदम चाल्ने र त्यस्तालाई समर्थन नगर्ने कुरा समेत धार्मिक संगठनले विज्ञप्तिमा उल्लेख गरेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट