गृहपृष्ठ ∕ समाचार ∕ नेपाल सन्त समाजको निर्णयलाई अन्तिम निर्णय मान्ने – योगी पुष्पराज पुरुष नेपाल सन्त समाजको निर्णयलाई अन्तिम निर्णय मान्ने – योगी पुष्पराज पुरुष दीप संञ्चार साउन १४, २०७८ गते २०:०० मा प्रकाशित नेपाल सनातन धर्म संस्कृति संगठनको अध्यक्ष योगी पुष्पराज पुरुषले साउन १३ गते बुधवार एक विज्ञप्ति मार्फत नेपालको धार्मिक क्षेत्रलाई संगठित गर्ने कार्यमा नेपाल सन्त समाजले गर्ने निर्णयलाई अन्तिम निर्णय मान्ने बताएका छन।गत श्रावण महिनाको ३ र ४ गते तनहुँ जिल्लाको देवघाटमा नेपाल सन्त समाजको संरक्षणमा देशका विभिन्न धार्मिक अगुवा एवं गुरुहरुको बैठकले धार्मिक क्षेत्रलाई संगठित गर्न “विश्व ॐकार एकता महाअभियान” सुरू भएको प्रति खुसी व्यक्त गर्दै धार्मिक संगठनले विज्ञप्ति मार्फत स्वागत समेत गरेको छ।धार्मिक संगठनले नेपालको समग्र धार्मिक क्षेत्रको भावना बुझेर धर्म, संस्कृति र परम्पराको रक्षा गर्न सबै धार्मिक संघ संस्थाहरु संगठित हुनुको विकल्प नरहेको भन्दै पटक पटक विभिन्न माध्यमबाट छलफल गर्ने तथा आवाज उठाउने जस्ता कार्य गर्दै आइरहेको छ ।नेपालको समग्र धार्मिक क्षेत्रलाई संगठित हुन नदिने र फुटाउने कार्यमा लाग्ने सम्पुर्ण व्यक्ति वा संगठनहरूको विरुद्धमा खरो रुपमा उत्रिने विज्ञप्ती मार्फत धार्मिक संगठनले बताएको छ । अब हुने धार्मिक एकता तथा आन्दोलनमा कुनै पनि धार्मिक व्यक्ति वा संघ संस्थाहरु तटस्थ बस्न नहुने यदि त्यस्तो पाइएमा संगठनले अध्ययन गरेर अभिलेख राख्ने बताएको छ।धार्मिक कुरा गर्ने तर चरित्र र आचरण धार्मिक नभएका व्यक्तिहरुका कारण धार्मिक क्षेत्र कमजोर भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै धर्म निरपेक्ष पक्षधरहरुलाई सहयोग गर्ने,फाइदा पुग्ने कार्य गर्ने र समर्थन गर्ने कुनै पनि धार्मिक व्यक्ति वा संघ संस्थाको विरुद्ध जस्तो सुकै कदम चाल्ने र त्यस्तालाई समर्थन नगर्ने कुरा समेत धार्मिक संगठनले विज्ञप्तिमा उल्लेख गरेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकटारीमा नातिले खुकुरी प्रहार गरी हजुरआमाको हत्याछात्रालाई बलात्कार गरी फरार रहेका प्रिन्सीपल पक्राउनव–निर्वाचित जनप्रतिनिधिहरुलाई लमजुङ सेवा समाज कतारको बधाई तथा शुभकामनाएम्बुलेन्स दुर्घटना हुँदा एक वृद्धाको मृत्यु धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ताजा अपडेट कटारीमा नातिले खुकुरी प्रहार गरी हजुरआमाको हत्या छात्रालाई बलात्कार गरी फरार रहेका प्रिन्सीपल पक्राउ कतारमा प्लास्टिक झोलाको प्रयोगमा रोक नव–निर्वाचित जनप्रतिनिधिहरुलाई लमजुङ सेवा समाज कतारको बधाई तथा शुभकामना एम्बुलेन्स दुर्घटना हुँदा एक वृद्धाको मृत्यु दैलेखमा बस दुर्घटनामा परि मृत्यु भएका चार जनाको पहिचान खुल्यो पहुँचका भरमा जहाजको टिकट वितरण विद्रोहीद्वारा काश्मिरकी टिकटक स्टारको हत्या