Techie IT
×
गृहपृष्ठसमाचारआजदेखि लगातार वर्षा हुन रोकिने, अबको तिन दिने मौसम यस्तो छ ।

आजदेखि लगातार वर्षा हुन रोकिने, अबको तिन दिने मौसम यस्तो छ ।


काठमाण्डौं, बिहीबार रातिदेखि लगातारजसो परिरहेको पानी पर्ने क्रम आज (आइतबार) रोकिने  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालको तराई क्षेत्रमा बनेको न्यूनचापीय रेखाले पूर्वी तथा मध्य नेपालमा पुरै र पश्चिममा तराईतिर वर्षा भइरहेको थियो।

‘आज मध्य तथा पूर्वी नेपालमा हल्का र केही स्थानमा भारी वर्षा भए पनि लगातार पानी पर्ने क्रम रोकिन्छ,’ महाशाखाका मौसमविद् समीर श्रेष्ठले भने,‘तर घाम लाग्न भने केही दिन कुर्नुपर्छ।’

उनका अनुसार मंगलबारदेखि भने पानी पर्ने क्रम रोकिने छ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

मौसम विश्लेषण

मनसुन न्यून चापिय रेखा नेपालको तराई भू-भागमा अवस्थित छ जसको कारण  मनसुनि गतिविधि सामान्य सक्रिय रहने देखिए पनि विस्तारै कमजोर भएर जादै छ।

देशभर समग्र मौसमको अवस्था

हाल देशका पुर्वि र पश्चिमि तराइका धेरै जसो स्थानहरूमा मनसुनी वर्षा जारी रहेको छ।

असार २९ गते

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरूमा र पश्चिमका एक– दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

राति: देशभर पूर्ण बदली रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्व र मध्य क्षेत्रका थोरै स्थानमा र पश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

असार ३० गते

दिउँसो: देशभर सामान्य वदलि रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको खासगरि  मध्य क्षेत्रका थोरै स्थानमा र पूर्व र पश्चिमका एक-दुई स्थानमा भारि वर्षा हुने सम्भावना छ।

राति: देशभर पूर्ण वदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पश्चिमी र मध्य क्षेत्रका थोरै स्थानहरूमा र पूर्वका एक– दुई स्थानमा भारि वर्षा हुने सम्भावना छ।

असार ३१ गते

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको खासगरि मध्य र पश्चिमका क्षेत्रका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

राति: देशभर सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पुर्व र मध्य क्षेत्रका एक दुई स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ।

आगामी २४ घन्टाका लागि चेतावनी तथा परामर्श

देशको पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमी भू-भागको एक– दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ। यसको कारणले गर्दा पूर्व र मध्य क्षेत्रका पहाडी भू-भागमा पहिरो जान सक्ने देखिन्छ भने तराईमा सामान्य पानीको वहाव रही रहन्छ। अझै पनि सामान्य सतर्कता अपनाउनु पर्ने देखिन्छ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस