Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारराउटेका लागि एकीकृत नीति ल्याइँदै

राउटेका लागि एकीकृत नीति ल्याइँदै


सुर्खेत– लोपोन्मुख राउटे समुदायका लागि एकीकृत नीति ल्याउने तयारी भएको छ । जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायको संस्कृति र परम्परालाई जगेर्ना गर्दै उनीहरुको सामाजिकीकरणका लागि कर्णाली प्रदेश सरकारले नीति बनाउन लागेको हो ।

राउटे समुदायमा भइरहेका पछिल्ला गतिविधिलाई मध्यनजर गर्दै सामाजिक विकास मन्त्रालयले नीति आवश्यक रहेको भन्दै नीति नै ल्याउने तयारी थालेको छ । सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीले लोपोन्मुख राउटे समुदायको संरक्षण राज्यको दायित्व भएको बताए ।

उनले भने ,‘ एकै ठाउँमा नबस्ने, घुमन्ते समुदाय भएकाले राउटेको संरक्षणका लागि छुट्टै नीति आवश्यक देखियो । साउन महिनादेखि नीति अनुसार काम हुन्छ ।’

उनले राउटे समुदायको संस्कार र संस्कृतिमाथि बाह्य समुदायको हस्तक्षेप बढेको बताउँदै बस्ती प्रवेशमा निषेध, राहतको एकद्वार प्रर्णाली, सुरक्षाको प्रवन्ध, छाना नाना र छानाको व्यवस्थापन लगायतका विषयहरु नीतिभित्र समेटिने बताए ।

राउटेका आफ्नै मूल्य, मान्यता र संस्कृतिको संरक्षण गर्दै उनीहरुको सामाजिकीकरणमा मन्त्रालयले काम गर्नेछ उनको भनाइ छ । पछिल्लो समय राउटे समुदायका दुई युवतीमाथि बाह्य समुदायका व्यक्तिहरुले गरेको यौन दुर्व्यवहार घटनाले बस्तीको सुरक्षा र बाह्य व्यक्तिहरुको प्रवेश निषेध आवश्यक रहेको महशुस भएको उनले बताए ।
मन्त्री बुढाक्षेत्रीले राउटे समुदायको संख्या घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे । उनले बालबालिकामा रहेको कुपोषण न्यूनीकरण गर्न र उनीहरुको खानपानमा ध्यान दिन सरोकारवाला निकायहरूलाई निर्देशन दिए ।

सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले लोपोन्मुख समुदाय कर्णालीको पहिचान भएकाले उनीहरुको संरक्षण आवश्यक रहेको बताए । नेपालको एकमात्रै फिरन्ते समुदायको संरक्षण राज्यको दायित्व हो,’ उनले भने, ‘परम्परागत संस्कृति, संस्कार र मान्यतालाई आत्मसाथ गर्दै राउटे सम्वन्धी नीति तयार गरिरहेका छौं ।’ उनले राउटे नीतिमा समेट्नुपर्ने विषयमा बारेमा उनीहरुसँग छलफल पनि गरिने बताए ।

प्रमुख जिल्ला अधिकारी छवी रिजालले राउटे समुदायका युवतीमाथि भएको घटनापछि बस्ती शील गरिएपछि धेरै विकृतिहरुको अन्त्य भएको बताए ।

‘प्रशासनले अहिले बस्ती प्रवेशमा रोक लगाएको छ, राहत वितरणलाई एकद्वार प्रणाली लागू गरिएको छ,’ उनले भने, ‘यतिले पनि बस्तीमा सकारात्मक प्रभाव परेको छ ।’ उनले युट्युव, फेसबुक, टिकटकलगायत बनाउन जानेहरूका कारण पनि राउटे समुदायको संस्कृति, परम्परा र मान्यतामाथि खेलबाड भइरहेको बताए ।

गुराँस गाउँपालिकाका उपाध्यक्ष दीपा बिसीले कर्णाली प्रदेश सरकारले राउटेको अभिभावकत्व लिनुपर्ने बताइन् । उनले गाउँपालिकाले अस्थायी नागरिकको परिचयपत्र दिएको बताउँदै अव राउटे समुदायलाई प्रक्रिया पु¥याएर नागरिकता वितरण गरिनुपर्ने आवश्यकता औंल्याइन् । जंगलमा फिरन्ते जीवन बिताउने यो समुदाय अहिले सुर्खेतको गुर्भाकोट नगरपालिकामा बसोबास गरिरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #raute

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार