गृहपृष्ठ ∕ समाचार ∕ सगरमाथा आरोहण दललाई राष्ट्रिय वाणिज्य बैंकको आर्थिक सहयोग सगरमाथा आरोहण दललाई राष्ट्रिय वाणिज्य बैंकको आर्थिक सहयोग दीप संञ्चार असार १, २०७८ गते १७:४४ मा प्रकाशित काठमाडौं — सगरमाथा आरोहण दललाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आर्थिक सहयोग प्रदान गरेको छ ।बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘प्रकृति जोगाऔँ, जलवायु परिवर्तन न्यूनिकरण गरौं’ भन्ने मुल नाराका साथ प्रकृति जोगाऔं महाअभियान अन्तर्गत सगरमाथाको सफल आरोहण गर्ने बाबु पूर्णकुमार शेर्पा र छोरा सोनाम शेर्पाको फादर एन्ड सन्स क्याम्पेनलाई सहयोग पुग्ने गरी चेक हस्तान्तरण गरेको हो ।बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले ३ लाख रुपैयाँ बराबरको चेक आरोहणदललाई संयोजन गरिरहेको संस्था ग्लोबल्ली कन्सर्न सेन्टर फर क्लाइमेट चेन्जलाई मंगलबार हस्तान्तरण गरे ।कार्यक्रममा गत मे २३ का दिन सगरमाथाको चुचुरोमा फहराइएको राष्ट्रिय वाणिज्य बैंकको झण्डाको तस्बिर बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठलाई सगरमाथा आरोहीहरूले हस्तान्तरण गरे ।फादर एन्ड सन्स क्याम्पेनले प्रकृति जोगाऔँ महाअभियान अन्तर्गत सात महादेश र पाँच समुन्द्रको सफाई विश्वकै पहिलोपटक गर्ने बताएको छ ।सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकको झण्डा सगरमाथाको चुचुरोमा फहराएकोमा आरोही दललाई धन्यवाद दिँदै, कीर्तिमान कायम गर्ने मात्र नभएर वातावरण संरक्षण गर्ने विश्व अभियानलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए । सगरमाथा हिमाल आरोही पूर्णकुमार शेर्पाले गत मे २३ का दिन बाबु छोराले सगरमाथाको सफल आरोहण गरी अभियान सुरु गरेको बताए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतारमा जुन १ देखि बाहिर घाममा काम लगाउन नपाउनेकटारीमा नातिले खुकुरी प्रहार गरी हजुरआमाको हत्याछात्रालाई बलात्कार गरी फरार रहेका प्रिन्सीपल पक्राउनव–निर्वाचित जनप्रतिनिधिहरुलाई लमजुङ सेवा समाज कतारको बधाई तथा शुभकामना धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट महानगरबासीका ‘बाहुबली’ यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर काठमाडौंमा पानी पर्नासाथ किन हुन्छ जलमग्न ? बालेन्द्र साह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बाग्लुङ समाज आयरल्यान्डद्वारा दृष्टिविहिन दाजुभाइलाई सहयोग युक्रेनको मारिओपोल सहरमा २०० शव फेला कतार रहेका नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण शुरु (फोटो फिचर सहित) कतारमा जुन १ देखि बाहिर घाममा काम लगाउन नपाउने