गृहपृष्ठ ∕ समाचार ∕ सगरमाथा आरोहण दललाई राष्ट्रिय वाणिज्य बैंकको आर्थिक सहयोग सगरमाथा आरोहण दललाई राष्ट्रिय वाणिज्य बैंकको आर्थिक सहयोग दीप संञ्चार असार १, २०७८ गते १७:४४ मा प्रकाशित काठमाडौं — सगरमाथा आरोहण दललाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आर्थिक सहयोग प्रदान गरेको छ ।बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘प्रकृति जोगाऔँ, जलवायु परिवर्तन न्यूनिकरण गरौं’ भन्ने मुल नाराका साथ प्रकृति जोगाऔं महाअभियान अन्तर्गत सगरमाथाको सफल आरोहण गर्ने बाबु पूर्णकुमार शेर्पा र छोरा सोनाम शेर्पाको फादर एन्ड सन्स क्याम्पेनलाई सहयोग पुग्ने गरी चेक हस्तान्तरण गरेको हो ।बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले ३ लाख रुपैयाँ बराबरको चेक आरोहणदललाई संयोजन गरिरहेको संस्था ग्लोबल्ली कन्सर्न सेन्टर फर क्लाइमेट चेन्जलाई मंगलबार हस्तान्तरण गरे ।कार्यक्रममा गत मे २३ का दिन सगरमाथाको चुचुरोमा फहराइएको राष्ट्रिय वाणिज्य बैंकको झण्डाको तस्बिर बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठलाई सगरमाथा आरोहीहरूले हस्तान्तरण गरे ।फादर एन्ड सन्स क्याम्पेनले प्रकृति जोगाऔँ महाअभियान अन्तर्गत सात महादेश र पाँच समुन्द्रको सफाई विश्वकै पहिलोपटक गर्ने बताएको छ ।सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकको झण्डा सगरमाथाको चुचुरोमा फहराएकोमा आरोही दललाई धन्यवाद दिँदै, कीर्तिमान कायम गर्ने मात्र नभएर वातावरण संरक्षण गर्ने विश्व अभियानलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए । सगरमाथा हिमाल आरोही पूर्णकुमार शेर्पाले गत मे २३ का दिन बाबु छोराले सगरमाथाको सफल आरोहण गरी अभियान सुरु गरेको बताए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप