गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ यूएईमा २५६५ औं बुद्ध जयन्ती मनाईयो यूएईमा २५६५ औं बुद्ध जयन्ती मनाईयो दीप संञ्चार जेठ १६, २०७८ गते ०:३९ मा प्रकाशित यूएई । यूनाईटेड अरब ईमिरेट्स (यूएई) मा २५६५ औँ बुद्द जयन्ती मनाईएको छ ।नेपाली समाजको आयोजनामा यूएईमा रहेका बिभिन्न संघसंस्थाहरुले भर्चुअल माध्यमबाट बुद्द जयन्ती मनाएका हुन् । बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले संसारभरिका बुद्द धर्मावलम्बीहरुले भागवान बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्ति प्रकट गर्दै मनाउँदै आएका छन् ।बुद्दलाई शान्तिका अग्रदूत र एशियाका ताराका रूपमा पनि चिनिन्छ । बुद्धले शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा दिए । आयोजित कार्यक्रममा सहभागीहरुले बुद्दका यिनै उपदेशहरुलाई स्मरण गर्दै विश्व शान्तिको कामना गरेका थिए ।कार्यक्रमका प्रमुख अतिथि नेपाली दुताबासका महामाहिम राजदूत कृष्ण प्रसाद ढकालले गौतम बुद्दको बुद्दत्वको बारेमा चर्चा गर्दै विश्वशान्तिको कामना गरे । राजदूत ढकालले भगवान बुद्द एसियाको मात्र तारा नभएर बुद्द धर्मको दर्शन विश्व मानब जातिको शान्तिको मार्गदिशा रहेकोमा जोड दिए ।जनजाति महासंघ यूएईका अध्यक्ष महेश मोक्तानले संसार कोरोना महामारीले अशान्ति रहेको बेला मनमा शान्ति कायम गर्दै यो महामारीसँग जुध्न पर्ने आजको आवश्यकता रहेको बताए । लोभ, लालच, अहिँसा त्यागेर आफुलाई जति धैर्य र शान्तिमय बनायो उत्तिनै कोरोना महामारीसँग जुध्न सहज हुनेमा मोक्तानले जोड दिए। नेपाली समाजका संस्थापक चन्द्र प्रसाद सापकोटाले नेपाली संघसंस्थाहरुले सामुहिक रुपमा बुद्दजयन्ती मनाउदै आएकोमा खुशी ब्यक्त गरे । नेपाली समाजका पूर्व अध्यक्ष कृष्ण बहादुर ढकालले महामारीको समस्याबाट जुधिरहेको नेपाललाई दिल खोलेर सहयोग गर्न नेपाली संघसंस्थालाई अनुरोध गरे । कार्यक्रममा बिभिन्न राजनैतीक दलका प्रतिनिधिहरु, गैर आवासीय नेपाली संघ, पत्रकार महासंघ लगायतका संघसंस्थाहरुको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।संस्थाका महासचिब बेद प्रसाद अर्यालले सँचालन गरेको उक्त भर्चुअल कार्यक्रम संस्थाका अध्यक्ष गोबिन्द ढकालको सभापतित्वमा सम्पन्न भएको थियो ।क्याटेगोरी : समाचार, गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमधेस प्रदेशमा आज सार्वजनिक बिदाआजको मौसम : यी चार प्रदेशमा पानी पर्ने सम्भावनाआज इन्द्रजात्रा, उपत्यकामा सार्वजनिक बिदाएनआरएनए अध्यक्षका उम्मेद्बार राजेन्द्र कुमार शर्माद्वारा २४ बुँदे घोषणापत्र सार्वजनिक धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २डीआईजी अशोक सिंहले दिए राजीनामा ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउदै ५नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक रावण, के अर्थ लाग्छ रावणका दश टाउकाको ? ८सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ताजा अपडेट मधेस प्रदेशमा आज सार्वजनिक बिदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाँदै आजको मौसम : यी चार प्रदेशमा पानी पर्ने सम्भावना आज इन्द्रजात्रा, उपत्यकामा सार्वजनिक बिदा एमाले बाग्मती प्रदेशका भावी नेतृत्वका लागि आज मतदान हुदैँ एनआरएनए अध्यक्षका उम्मेद्बार राजेन्द्र कुमार शर्माद्वारा २४ बुँदे घोषणापत्र सार्वजनिक संखुवासभाका कांग्रेस जिल्ला सभापति खड्काले दिए राजीनामा स्वास्थ्यकर्मीमाथि आक्रमण गरे कारबाही हुन्छ : गृह मन्त्रालय