Techie IT
×
गृहपृष्ठग्लोबलखाडीका प्रवासी नेपाली मञ्चद्वारा सरकारको निर्णयको स्वागत, मताधिकार प्रयोग गर्न पाउनु पर्ने माग !

खाडीका प्रवासी नेपाली मञ्चद्वारा सरकारको निर्णयको स्वागत, मताधिकार प्रयोग गर्न पाउनु पर्ने माग !


दोहा – नेकपा एमालेको प्रवास सङ्गठन प्रवासी नेपाली मञ्च मध्यपूर्व कमिटीले ताजा जनादेशमा जाने ओली सरकारको निर्णयलाई स्वागत गरेको छ । नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम ‘प्रधानमन्त्री नियुक्त हुन नसकेपछि राष्ट्रपति अन्तरिम चुनाव हुने घोषणा भएको थियो ।

विज्ञप्ति अनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी ६ महिना भित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ’ भन्ने संवैधानिक व्यवस्था बमोजिम प्रतिनिधिसभाको निर्वाचन आगामी २०७८ साल कार्तिक २६ गते शुक्रवार र मङ्सिर ३ गते शुक्रवार गरी २ चरणमा सम्पन्न गर्ने गरी तोकिएको मितिको स्वागत गरिएको हो । ताजा जनादेशमा जाने निर्णय नेपालको लोकतन्त्र, समृद्धि र विकासको निम्ति स्वागत योग्य रहेको र अब सरकारले कोभिड महामारी नियन्त्रणलाई प्रभावकारी बनाउने र राजनीतिक दलहरू तथा आम नेपाली जनसमुदायहरूले यस महामारीबाट सुरक्षित रहन अधिकतम सजगता उपायहरू अपनाउँदै निर्वाचनमा सहभागी हुन अपिल गरेको छ ।

मञ्चले विज्ञप्ति मार्फत हाल ५० लाख भन्दा बढी मतदाता देश बाहिर रहेको स्मरण गराउँदै बाहिर रहेका नेपालीको मताधिकार प्रयोग गर्न पाउने अधिकारलाई सुनिश्चित गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।


क्याटेगोरी : ग्लोबल, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस