गृहपृष्ठ ∕ ग्लोबल ∕ खाडीका प्रवासी नेपाली मञ्चद्वारा सरकारको निर्णयको स्वागत, मताधिकार प्रयोग गर्न पाउनु पर्ने माग ! खाडीका प्रवासी नेपाली मञ्चद्वारा सरकारको निर्णयको स्वागत, मताधिकार प्रयोग गर्न पाउनु पर्ने माग ! तिलु शर्मा पौडेल जेठ १०, २०७८ गते ९:१४ मा प्रकाशित दोहा – नेकपा एमालेको प्रवास सङ्गठन प्रवासी नेपाली मञ्च मध्यपूर्व कमिटीले ताजा जनादेशमा जाने ओली सरकारको निर्णयलाई स्वागत गरेको छ । नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम ‘प्रधानमन्त्री नियुक्त हुन नसकेपछि राष्ट्रपति अन्तरिम चुनाव हुने घोषणा भएको थियो ।विज्ञप्ति अनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी ६ महिना भित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ’ भन्ने संवैधानिक व्यवस्था बमोजिम प्रतिनिधिसभाको निर्वाचन आगामी २०७८ साल कार्तिक २६ गते शुक्रवार र मङ्सिर ३ गते शुक्रवार गरी २ चरणमा सम्पन्न गर्ने गरी तोकिएको मितिको स्वागत गरिएको हो । ताजा जनादेशमा जाने निर्णय नेपालको लोकतन्त्र, समृद्धि र विकासको निम्ति स्वागत योग्य रहेको र अब सरकारले कोभिड महामारी नियन्त्रणलाई प्रभावकारी बनाउने र राजनीतिक दलहरू तथा आम नेपाली जनसमुदायहरूले यस महामारीबाट सुरक्षित रहन अधिकतम सजगता उपायहरू अपनाउँदै निर्वाचनमा सहभागी हुन अपिल गरेको छ ।मञ्चले विज्ञप्ति मार्फत हाल ५० लाख भन्दा बढी मतदाता देश बाहिर रहेको स्मरण गराउँदै बाहिर रहेका नेपालीको मताधिकार प्रयोग गर्न पाउने अधिकारलाई सुनिश्चित गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।क्याटेगोरी : ग्लोबल, समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ