गृहपृष्ठ ∕ समाचार ∕ म्यानमारमा सैनिक ज्यादतीः एकै दिन ८० जना भन्दा बढिको हत्या म्यानमारमा सैनिक ज्यादतीः एकै दिन ८० जना भन्दा बढिको हत्या दीप संञ्चार चैत्र २९, २०७७ गते १०:२४ मा प्रकाशित काठमाण्डौ – म्यानमारमा सैनिक सत्ताविरुद्ध प्रदर्शन गरिरहेकाहरुमाथि सुरक्षा फौजको ज्यादती रोकिएको छ । सुरक्षाकर्मीले बागो शहरमा ८० जना भन्दा बढिको हत्या गरेको प्रजातन्त्रवादी अभियन्ताहरुले बताएका छन् ।सैनिकले हत्या गरिएकाहरुको शव पनि लिएर गएको बताइएको छ । हत्या गरिएकाहरुको सही संख्या थाहा पाउन कठिन हुने जनाइएको छ ।प्रत्यक्षदर्शीले स्थानीय सञ्चारमाध्यमलाई बताए अनुसार सुरक्षाकर्मीले राइफलसहितका हतियार प्रयोग गरेका थिए । उनीहरुले आफ्नो मार्गमा पर्ने सबैमाथि गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् ।गएको फेब्रुअरीमा निर्वाचित सत्ता हत्याएर सेनाले शासन आफ्नो हातमा लिएयता प्रदर्शन हुँदै आएको छ । अहिलेसम्म सुरक्षाकर्मीको ज्यादतीका कारण ६०० जना भन्दा धेरैको ज्यान गएको छ ।आफ्नो शक्ति कायम गरिरहनका लागि सैनिकले हिंसात्मक गतिविधि बढाउँदै लगेको छ ।याङ्गुनको प्रमुख शहर बागोमा सेनाले शुक्रबार हत्याको शृङ्खला कायम गरेको हो । स्थानीय बासिन्दालाई नजिकका गाउँमा भाग्न बाध्य पारिएकाले घटना सार्वजनिक हुन पूरै एक दिन भन्दा बढिको समय लागेको हो ।ज्यान गुमाउनेको वास्तविक संख्या बाहिर आए भन्दा धेरै हुन सक्ने अनुगमन समूह एसिस्टेन्स एसोसिएशन फर पोलिटिकल प्रिजनर्स (एएपिपी) ले जनाएको छ । स्थानीय सञ्चारमाध्यम म्यानमार नाव न्यूजलाई प्रत्यक्षदर्शीले शुक्रबारको घटनालाई नरसंहारसँग तुलना गरेका छन् ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित)नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदैब्राजिलबाट स्वदेश फर्किए बालेनदाङको घोराहीमा एआई सम्बन्धी राष्ट्रिय सम्मेलन हुने धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु ब्राजिलबाट स्वदेश फर्किए बालेन