Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५प्रमुख प्रशासकीय अधिकृत डाँगीलाई भब्य स्वागत, रोकिएका कामकाज शुरु

प्रमुख प्रशासकीय अधिकृत डाँगीलाई भब्य स्वागत, रोकिएका कामकाज शुरु


दाङ्ग – सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीलाई लमही नगरपालिकाले स्वागत गरेको छ ।

नगरपालिकाले बुधवार एक कार्यक्रमको आयोजना गरि अधिकृत डाँगीलाई नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष र नगरपालिकाका कर्मचारीहरुले भब्य स्वागत गरेको नगरपालिकाले जनाएको छ । डाँगी यस अघि पनि लमही नगरपालिका मै थिए, सरुवा भएर कपिलबस्तु हुँदै रुपन्देही जिल्लाको बाणगङ्गा नगरपालिकामा कार्यरत थिए ।

No description available.

नगरपालिकामा आउने कार्यालय प्रमुखहरु दुई चार महिना बस्ने अनि सरुवा भएर जाने गर्दा पनि नगरको कामकाज रोकिएको थियो अब डाँगी लमही नगरपालिकामा आए संगै अब रोकिएका कामकाजले तिब्रता पाउने आशा राखेको नगर प्रमुख कुल बहादुर केसीले बताए । वास्तबमै भन्ने हो भने हामी जनप्रतिनिधि हौँ, बिहान देखि बेलुका कार्यालयमा बस्ने समय पनि हुँदैन, कति काम भएको छ, कुन कर्मचारीले के गरिरहेको छ, समयमा आउछ कि आउदैन जस्ता कुराहरु हामीले हेर्ने भ्याउदैनौ त्यो जिम्मा कार्यालय प्रमुखको हो नगरप्रमुख केसीले भने ।

No description available.

अब प्रमुख प्रशासकीय अधिकृत आइसकेपछि सबै कुराको व्यवस्थापन हुन्छ केसीले भने । कार्यालयमा हाकिम नहुँदा धेरै कामकाज रोकिए, समयमा भने जति काम गर्न सकिएन, अब कामले गति लिन्छ उपप्रमुख देवका बेलबासेले भनिन । बाहिर जे जस्ता हल्ला फैलिए पनि ति सबै निराधार हल्ला हुन्, कामको शिलसिलामा उहाँ क्षमतावान व्यक्ति हो र उहाँको पालामा हामीले शतप्रतिशत आयोजनाका काम सम्पन्न गरेका थियौं उपप्रमुख बेलबासेले भनिन । प्रमुख प्रशासकीय अधिकृत डाँगीलाई स्वागत गर्न वडा नम्बर २ का वडा अध्यक्ष नेपालु चौधरी, ४ का सुबाश न्यौपाने, ५ का बिम बहादुर केसी, ६ का गणेशमान चौधरी लगायत नगरपालिका पुगेका थिए ।

No description available.

स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत डाँगीले यो समयमा हुनु पर्ने जति काम हुन् नसक्नु दुखको कुरा भएको बताए । नगरपालिकाबाट प्रदान गरिने सेवालाई पहिलो प्राथमिकता दिने गरि अघि बढ्ने प्रतिबद्घता व्यक्त गरे । कार्यालयबाट जनतालाई प्रदान गरिने सेवा बाट गुनासो नआउने गरि कामकाज गर्न पनि आफु मातहतमा रहेका कर्मचारीलाई निर्देशन दिएका छन ।

No description available.

त्यस्तै बजार व्यवस्थापन, ट्राफिक व्यवस्थापन जस्ता कुरालाई मध्यनजर गरेर कार्यान्वयन गर्ने डाँगीले बताए । काम गर्ने क्रममा कहिँ कतै झिनामसिना कमीकमजोरी हुनु स्वाभाविक हो त्यसलाई सच्च्याएर अघि बढ्ने डाँगीको भनाई छ ।

 


क्याटेगोरी : समाचार, प्रदेश ५



तपाईको प्रतिक्रिया दिनुहोस