Techie IT
×
गृहपृष्ठसमाचारअग्नि पिडितलाई साढे पांच लाख बराबरको सहयोग

अग्नि पिडितलाई साढे पांच लाख बराबरको सहयोग


लमही नगरपालिका वडा नम्बर ६ ढिकपुरका आगलागी पिडितहरुलाई आर्थिक सहयोग जुट्ने क्रम जारि रहेको पिडितहरुले बताए ।

बिभिन्न व्यक्ति, संघ संस्था, पार्टी बाट नगद र खाद्यान्न, जस्तापाता, लत्ताकपडा गरि हाल सम्म साढे पांच लाख भन्दा बढी आर्थिक संकलन भएको छ । पिडितहरुलाई राहत संकलनमा नेपाली कांग्रेसले गम्भीर चासो देखाएको लमही नगरका सभापति शिव प्रसाद चौधरीले जानकारी दिए ।

No description available.

नगरका सबै वडामा पुगेर पिडितहरुलाई सहयोग गर्न पर्यो भनेका छौं, कतै बाट नगद पैसो लिएका छौं भने कतै बाट धान उठाएका छौं सभापति चौधरीले भने । अहिले पिडितहरुलाई मुख्यतः बास बस्न र खाने कुराको एकदम खाचो छ त्यसैले पनि जति सक्दो छिटो घर टहरा निर्माणमा पनि नेपाली कांग्रेसको ध्यान गएको छ चौधरीले भने । नगर सभापति चौधरीले आफ्नै नेतृत्वमा नगरका सबै वडामा पुगेर हाल सम्म ६५ हजार बढी आर्थिक संकलन गरेर पिडितहरुलाई बुझाई सकेका छन ।

लमही नगरपालिका वडा नम्बर ६ ढिकपुरका अग्नि पिडितलाई सहयोग गर्नेहरुको बिवरण यस प्रकार रहेको छ-

भुरीपुर गाउँ बाट दुई हजार दुई सय असि रुपैयाँ, त्यसै गरि सोहि गाउँ बाट एघार हजार दुई सय बहत्तरको धान, बुटकहवा गाउँ बाट तिन हजार साथि रुपैयाँ बराबरको धान र नगद पांच सय साथि रुपैयाँ, सेमरहवा गाउँ बाट चार हजार पांच सय एकानब्बे रुपैयाँ नगद, भैसकोम्रा गाउँ बाट पांच हजार आठ सय पचहत्तर रुपैयाँ, ठुलो घुम्ना गाउँ बाट पांच हजार पांच सय चौसट्ठी रुपैयाँ, सानो घुम्ना टोल विकास सस्थां बाट नगद पांच हजार रुपैयाँ, सोहि गाउँमा रहेको मिलिजुली टोल विकास सस्थां बाट दुई हजार एक सय विस रुपैयाँ, त्यस्तै लमही नगरपालिका वडा नम्बर ९ बाट नगद तिन हजार रुपैयाँ, वडा नम्बर ४ का वडाध्यक्ष सुबास न्यौपानेको तर्फ बाट नगद तिन हजार रुपैयाँ, गुर्जेहवा गाउँ बाट नगद दुई हजार ६ सय पचासी रुपैयाँ, र नेपाली कांग्रेस दाङ्ग जिल्ला सदस्य गोबिन्द रेग्मीले एघार हजार २ सय असि रुपैयाँ बराबरको जस्तापाता सहयोग गरेको नगर सभापति चौधरीले जानकारी दिए ।

No description available.

त्यसैगरी ढिकपुरका अग्नि पिडितलाई अन्य थुप्रै सामाजिक संघ सस्थांले नगद आर्थिक सहयोग गरेका छन । हस्नापुर टोल विकास सस्थांले एक हजार एक सय पचास, लमही जेसिजले एकाउन्न हजार ६ सय पांच रुपैयाँ, लमही चेम्बर अफ कमर्सले दश हजार एक सय पांच रुपैयाँ, छोटकी महरवा बाट दश हजार पचहत्तर रुपैयाँ, देउपुर बड्का गल्लि बाट सात हजार आठ सय रुपैयाँ, कमानपुर गाउँ समाज बाट एघार हजार चार सय रुपैयाँ, रेशम बहादुर खड्का बाट दुई हजार रुपैयाँ, लमही गाउँ टोल विकास सस्थां बाट नौ हजार दुई सय पैतालिस रुपैयाँ, स्वर्गद्वारी टोल विकास सस्थां बड्का महरवा बाट तेह्र हजार रुपैयाँ, शिव मन्दिर टोल विकास सस्थां अर्नवा बाट आठ हजार रुपैयाँ, चैलाही टोल विकास सस्थां चैलाही बाट सत्र हजार तिन सय रुपैयाँ, बनघुस्री टोल विकास सस्थां बाट नौ हजार सात सय पच्चीस रुपैयाँ नगद, भयारथान टोल विकास सस्थां बाट १५ हजार ६ सय पन्ध्र रुपैयाँ, आर्थिक सहयोग भएको छ ।

No description available.

यहि चैत्र २ गते बिधुत सर्ट भएर लागेको आगोले ढिकपुरका ५ वटा घार जलेर खरानी भएका थिए । उक्त आगलागी बाट १५ देखि २० लाखको हाराहारीमा क्षति भएको थियो ।

लमही नगरपालिकाको कार्यालय र रेडक्रस सोसाइटी बाट अति आवश्यक सामाग्री, राप्ती टोल बिकास सस्थां लमही नगरपालिका वडा न ६ बाट नगद र ५० हजार बराबरका लत्ताकपडा भाडा वर्तन, एस एन्ड एस फेसन वयर लमही का संचालक श्याम नारायण चौधरी बाट ५० हजार बराबरका लत्ताकपडा, लङडी टोल बिकास सस्थां लमही ६ बाट नगद एघार हजार ६ सय पन्चानब्बे र खाद्यान्न, दुमदुमा टोल बिकास सस्था लमही ६ खैरी बाट नगद उन्चालिस हजार विस रुपैयाँ र खाद्यान्न, दुमदुमा भगवती सहकारी सस्थां लमही ६ बाट नगद आठ हजार रुपैयाँ, एस एम बि फुड प्रोडक्ट प्रा लि लमही ६ देउपुर बाट ५० हजार बराबरको नमकिन, पानी लगाएतका सामाग्री पिदितहरुलाई उपलब्ध गराईएको वडा नम्बर ६ का वडाध्यक्ष गणेशमान चौधरीले जानकारी दिए ।

No description available.

मध्यनगर टोल बिकास सस्थां लमही ६ मध्यनगर बाट नगद दश हजार दुई सय पचास रुपैयाँ र खाद्यान्न, देउराली बिजुली पसल लमहीका संचालक डिल्ली खनालको तर्फबाट खाद्यान्न, लत्ताकपडा झुल उपलब्ध गरिएको छ । त्यसैगरी प्रेम भाडा पसल लमहीका संचालक झबेन्द्र आचार्य बाट १२ थान भाडा वर्तन पिडितलाई प्रदान भएको छ । लमही नगरपालिका वडा नम्बर ६ निवासी दामोदर धिताल, सरोज चौधरी, लमही नगरपालिका वडा नम्बर ५ निवासी रबिन्द्र सुवेदी, सुनिल थापामगरले संयुक्तरुपमा खाद्यान्न सहयोग गरेका छन ।

No description available.

त्यस्तै घोराही जेसीज को तर्फबाट सिरक, डसना ९ थान, चामल लगाएत का खाद्यान्न सहयोग भएको छ । आदर्श माध्यामिक विद्यालय देउपुरका शिक्षक÷ शिक्षिकाहरु र विद्यार्थी बाट चालिस हजार सात सय एकासी रुपैयाँ आर्थिक सहयोग भएको वडाध्यक्ष चौधरीले बताए ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.


क्याटेगोरी : समाचार
ट्याग : #breaking



तपाईको प्रतिक्रिया दिनुहोस