गृहपृष्ठ ∕ समाचार ∕ अग्नि पिडितलाई कांग्रेसको सहयोग अग्नि पिडितलाई कांग्रेसको सहयोग प्रिया स्मृती गजमेर चैत्र १५, २०७७ गते १०:४० मा प्रकाशित दाङ्ग– लमही नगरपालिका वडा नम्बर ६ ढिकपुरका आगलागी पिडितलाई नेपाली कांग्रेसले राहत प्रदान गरेको छ।नेपाली कांग्रेस लमही नगर समितिका सभापति शिव प्रसाद चौधरीको सक्रियतामा संकलन भएको ६० हजार बराबरको जस्तापाता लमही नगरपालिका वडा नम्बर ६ ढिकपुरका आगलागी पिडितलाई प्रदान गरिएको हो । जस्तापाता प्रदान गर्दै क्षेत्रीय सभापति भेषराज पाण्डेले बाढी पहिरो, आगलागी जस्ता प्रकोपबाट पिडित बनेका मानिसहरुको घाउमा मलम लगाउने काम नेपाली कांग्रेसले गर्दै आएको बताए।‘यत्ति जस्तापाताले सबै आगलागी पिडितलाई नपुग्ला तर पनि यो सानो सहयोगले केहि राहत मिलोस भनेर प्रदान गरिएको पाण्डेको भनाई छ। त्यस्तै कांग्रेसका पुर्व महासमिति सदस्य मधु न्यौपानेले नेपाली कांग्रेस हरेक जनताको दुखमा साथ दिने एक मात्र पार्टी भएको बताउदै आपत बिपतमा परेका जनतालाई सहयोग गर्ने बताए। केहि दिन अघि पनि नेपाली कांग्रेसले दाङ्ग र भारतको सिमानाकामा आगलागी पिडितलाई राहत प्रदान गरेको थियो।नेपाली काङ्ग्रेस दाङ्ग क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डे, पुर्व महासमिति सदस्य मधु न्यौपाने, वडा नम्बर ४ का वडा सभापति मनिराम चौधरी, तरुण दल क्षेत्रीय सभापति किरण पौडेल, लमही खानेपानीका कोषाध्यक्ष जंग बहादुर चौधरी लगायतले आइतवार बिहान ढिकपुर गाउँमै पुगेर जस्तापाता प्रदान गरेका हुन्।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप