Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५सामाजिक कार्यमा सधै अगाडी लमही जेसिज

सामाजिक कार्यमा सधै अगाडी लमही जेसिज


दाङ्ग, सामाजिक कार्यमा निकै महत्वपूर्ण भूमिका खेल्दै आएको लमही जेसिजले कोरोना भाइरसबाट बच्नका लागि संदेश मुलक कार्यक्रम शुरु गरेको छ ।

लमही जेसिजले आज आईतवार दोस्रो चरणको निशुल्क मास्क वितरण कार्यक्रम सम्पन्न गरेको छ । दुई चरणमा गरेर लमही जेसिजले करिब पन्ध्र सय मास्क निशुल्क वितरण गरि सकेको छ । कोरोना भाइरसले जनजीवनलाई आतंकित बनाईरहेको बेला लमही जेसिजले यस प्रकारको काम गरेर सजग रहन र शतर्क रहका लागि संदेश समेत दिएको छ ।

अघिल्लो हप्ता एक्कासि लमही बजारमा पनि मास्क पाईं छोडे पछी सेवाग्राही अताल्लिएका थिए, बजार बाहिर देखि किनमेल गर्न आउनेहरुलाई पनि खास्सै थाह हुदैन त्यहि भएर उनीहरुलाई सहज होला भनेर हामीले यो अभियान चालेका हौ लमही जेसिजका अध्यक्ष सपना पाण्डे पण्डितले भनिन । हामीले आम मानिसलाई सचेतना जगाउनु छ, राज्यको मात्र भर पर्नु भन्दा पनि सक्ने जति हामीले पनि गर्नु पर्छ अध्यक्ष पण्डितले भनिन ।

कोरोना भाइरसले देशैभर भयाबह रुप लिदै गएको छ त्यति त्यति बजारमा अत्यावश्यक सामानको अभाव हुदै गएको छ । व्यापारीहरुले उपभोक्ताको उपभोग्य सामाग्री स्टक हुदा हुदै पनि सटेज गराएर कालोबजारी सुरु गरेको गुनासो पनि उत्तिक्कै बढिरहेको छ ।


क्याटेगोरी : स्वास्थ्य, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस