Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५प्रदेशकै कमजोर लमही अस्पताल

प्रदेशकै कमजोर लमही अस्पताल


दाङ्ग, देउखुरीको लमहीमा रहेको लमही अस्पतालको अबस्था दिनप्रति दिन खस्किदै गएको छ । बिभिन्न समस्याले झन् झन् ग्रसित बन्दै गएको छ । न्युनतम मापदण्ड मुल्याङकनमा लमही अस्पताल पांच नम्बर प्रदेशका सबै अस्पताल भन्दा कमजोर देखिएको हो ।

संघिय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्दे्शित सुचाङक अनुसार १४ अस्पताल मध्य लमही अस्पताल न्युनतम मापदण्ड मुल्याङकनमा सबै भन्दा पछाडी रहेको श्रोतब्यक्ती डाक्टर किशोर बन्जाडेले जानकारी दिए । न्युनतम मापदण्ड मुल्याङकनका लागी अस्पतालमा ओपिडि सेवा, मेकिल रेकर्डर सेवा, संस्थागत ब्यबस्थापन, मानब संसाधन, आर्थिक ब्यबस्थापन, गुणस्तरिय ब्यबस्थापन,ओपिडी ब्यबस्थापन, गर्भवती तथा सुत्केरी सेवा, माईनर अप्रशेन सेवा, पोष्टमार्टम सेवा, भिडियो एक्सरे, डिजिटल एक्सरे, चिरफार ईमरजेन्सि सेवा, लगाएतका बिभिन्न सुचाङकलाई आधार मानेर मापन गरिएकोमा अस्पतालले उल्लेखित कुनै पनि मापदण्ड पुरा गर्न नसकेको मुल्याङकनले देखाएको श्रोतब्यक्ती डाक्टर बन्जाडेले बताए ।

प्राथमिक तहकोे अस्पतालमा न्युनतम ७ सय ६१ आउनु पर्नेमा २१६ स्कोर अर्थात पुरा गनुपर्ने न्युनतम मापदण्डको २८ प्रतिशत मात्र पुरा भएको देखिएको छ । यो स्थानिय सरकार अन्तर्गत संचालित अस्पतालहरु मध्य सबै भन्दा कमजोर हो श्रोतब्यक्ती डाक्टर बन्जाडेले भने । प्रदेश अन्तर्गत ४ वटा अस्पताल स्थानिय सरकार मातहतबाट सचालित रहेका छन् । प्रदेश नम्बर ५ अन्तर्गत रहेका १४ अस्पताल मध्य १० अस्पताल र ४ अस्पताल स्थानिय सरकारबाट संचालित रहेको कार्यक्रममा जानकारी गराईएको थियो ।

सो अबसरमा निक एडभान्सका संयोजक डाक्टर कसम शाहले दुर्गम क्षेत्रका अस्पतालले दिने आधारभुत स्वास्थ्य सेवा समेत लमही अस्पतालले दिन नसक्नु दुखद भएको भन्दै अप्रेशन थिएटर, आकस्मिक प्रसुति सेवा,भिडियो एक्सरे, डिजिटल एक्सरेजस्ता सेवाहरु बढिमा दुइृ महिना भित्र सचालन गर्न अस्पताल प्रशासनलाई निर्देशन दिए । उनले दुइृ महिना भित्र अस्पतालले न्युनतम मापदण्ड मुल्याङकन पुरा गर्न नसके अस्पतालको रुपमा राख्नुको अर्थ नहुने पनि बताए ।

कार्यक्रमका अन्य बक्ताहरुले मुख्य राजमार्गसंग जोडिएको लमही अस्पतालले बिगतको तुलनामा स्तरिय सेवा दिनुको साटो उल्टो सेवाको स्तर खस्कदै जानु आफैमा दुर्भाग्य भएको भन्दै अस्पताललाई अस्पताल जस्तो बनाउन आफुहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले अस्पतालको न्युनतम मापदण्ड मुल्यांकनको नतिजाले आफुलाई लज्जित बनाएको भन्दै स्तरिय सेवा दिन अस्पताल मेडिकल सुपरिटेन्डेन्टलाई निर्देशन दिए । सामान्य सरसफाईका कुराहरुमा समेत अस्पताल पछाडी परेको भन्दै अस्पताल सुधार र स्तरिय सेवाको लागि ईच्छा शक्ति सहित काम गर्न आग्रह गर्दे अस्पतालको लागी आबश्यक कुराहरुको कार्ययोजना बनाएर नगरपालिकामा पेश गर्न अनुरोध गरे । उनले आउदो दुई महिना भित्र लमही अस्पतालमा अप्रेशन सेवा शुरु गर्ने आश्वासन दिएका छन् ।

सो अबसरमा लमही अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रमेश बस्नेतले अस्पतालले स्तरिय सेवा दिन नसक्नुको कारणका बारेमा आफ्ना धनाई राखेका थिए । कार्यक्रममा प्रदेश नम्बर ५ का नीति योजना महाशाखाका प्रमुख डाक्टर बिकाश देबकोटा, प्रदेश स्वास्थ्य निर्देशक बिनोद गिरी श्रोतव्यक्ति डाक्टर किशोर बन्जाडे लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष बिम बहादुर केसी, रेडियो हाइृवेका प्रबन्ध निर्देशक केपि घिमिरे , नागरिक समाज दाङका उप सयोजक निम बहादुर थापा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष लिला शाह, रेडियो देउखुरीका समाचार प्रमुख प्रिया स्मृती गजमेर लगाएतले आ–आफ्नो सुझाब राखेका थिए ।


क्याटेगोरी : स्वास्थ्य, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार