Techie IT
×
गृहपृष्ठग्लोबलअन्यछाला सुन्दर बनाउन यी ७ टिप्स

छाला सुन्दर बनाउन यी ७ टिप्स


हरेक मानिसमा आफु सुन्दर देखिने चाहना हुन्छ । यो स्वभाविक पनि हो । तर सुन्दर बन्न के गर्नुपर्छ त्यसको जानकारी नुहनाले वा उपाय नजान्नाले हामी आफुलाई आर्कषक बनाउन सकिरहेका हुँदैनौ ।

प्रायजसो हामी चलचित्र वा टेलिभिजन स्क्रिनमा देखिएका कलाकार तथा प्रस्तोतालाई आर्कषक देख्दछौ । उनीहरुको त्वचाको सुन्दरताले हरेकलाई प्रभावित पार्दछ । सेलिब्रेटि झै सुन्दर देखिने हामी केहि टिप्सहरु दिँदैछौ, जसलाई अपनाएर तपाई पनि आफ्नो त्वचा सुन्दर पार्न सक्नुहुन्छ ।

१। छालालाई सफा तथा चम्किलो देखाउन नियमित रुपमा क्लिन्जिङ गर्नुपर्ने हुन्छ । यसले हाम्रो त्वचामा निखार ल्याउदछ । क्लिन्जिङले हाम्रो छालाबाट धुलो निकाल्न मद्दत गर्दछ र छालालाई अतिरिक्त चिल्लो प्रदान गर्दछ ।

२। साथै त्वचाको सुन्दरता बढाउन नियमित टोनिङ र मस्चुराइजिङ समेत गर्नुपर्दछ । टोनरले तेललाई निकालेर पोर्स बन्द गर्छ । तर टोनरमा गुलाब जल मात्र प्रयोग गर्नुहोला । गुलाब जलले भन्दा त्वचालाई सुन्दर बनाउने अरु टोनर त्यति उपयोगी हुदैन ।

३। हरेक साता अनिवार्य एकपटक स्क्रबिङ गर्नुहोला । यसले अनुहारमा रहेको मृत त्वचालाई निकाल्ने काम गर्दछ । स्क्रबिङका लागी ओलिभ आयलमा थोरै चिनि हाली स्क्रब गर्दा यसले त्वचालाई लाभ गर्दछ ।

४। यदि तपाईको छालामा चमक छैन भने भिटामिन सि सोरमले मसाज गर्नुहोस् । भिटामिन सी सोरमले छालामा चमकपना ल्याउन मद्दत गर्दछ । भिटामिन सी सोरम कुनै पनि कष्मेटिक पसलमा सजिलै पाउन सकिन्छ ।

५। तपाईंको छालालाई नरम बनाउनका लागि नरिवलको तेलले अनुहार मालिस गर्नुहोस् । दैनिक राती सुत्नुभन्दा अगाडि यसो गर्नाले तपाईंको छाला नरक हुने गर्दछ ।

६। छाला सुन्दर बनाउने उपायसंगै छालाको सुरक्षँमा पनि उत्तिकै ध्यान दिनुपर्छ । त्यसैले बाहिर निस्कदा सधै सनस्क्रिन क्रिमको अनिवार्य प्रयोग गर्नुहोस् । यसले छालामा पर्ने सूर्यको यूभी किरणबाट बचाउने गर्दछ ।

७। छाला सुन्दर बनाउन सधै सन्तुलित तथा भिटामिन युक्त आहार खानुपर्छ । दैनिक फलफुल तथा सागपातको सेवन गर्नुपर्छ । दैनिक ४ लिटर भन्दा बढि पानी पिउने बनि बसाउनुहोस् । साथै पर्याप्त निदाउने गर्नुपर्दछ । निन्द्रा नपुग्दा, रुदा“ वा थकानले पनि छालाको सुन्दरता गुम्ने गर्दछ ।


क्याटेगोरी : स्वास्थ्य, अन्य


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार