Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठखेलकुदबलिउड : जिरोलाई टक्कर दिँदै केजीएफ

बलिउड : जिरोलाई टक्कर दिँदै केजीएफ


काठमाडौँ — भारतमा गत साता रिलिज भएका दुई चलचित्रको आम्दानीलाई लिएर अहिले बलिउडमा चर्चा, परिचर्चा भइरहेको छ । शाहरुख खान अभिनित चलचित्र जिरोलाई एस अभिनित कन्नड चलचित्र केजीएफले कमाइमा उछिनेपछि विभिन्न प्रक्रिया आइरहेका छन् ।

फिल्म रिलिजको चौथो दिनसम्म आइपुग्दा केजिएफले ७५ करोड भारु कमाएको छ भने जिरोले ६४ करोड १० लाख कमाएको छ।भारतका ४ हजार ३ सय ८० स्क्रिनमा रिलिज भएको जिरोले केजीएफ जतिको आम्दानी गर्न सकिरहेको छैन। केजीएफ २ हजार ४ सय ६० वटा स्क्रिनमा रिलिज भएको छ।

धेरै वटा हलमाप्रदर्शनहुँदासमेत जिरोले केजीएफको तुलानामा अपेक्षित आम्दानी गर्न नसकेपछि शाहरुखको आलोचना समेत हुन थालेको छ।पुड्को मानिसको भूमिका निर्वाह गरेका शारुखले यो फिल्ममा अनुष्का शर्मा र कट्रिना कैफसँग अनस्क्रिन रोमान्स शेयर गरेका छन्। फिल्ममा अनुष्का एक अपांगता भएका वैज्ञानिकको भूमिकामा छिन् भने कट्रिना सफल अभिनेत्रीको भूमिकामा।

सन् १९७० को दशकको कथालाई समेटेर निर्माण गरिएको केजीएफमा खानी क्षेत्रमा भएको दासप्रथा र राजनीतिक संरक्षणसम्बन्धी कथावस्तु समेटिएको छ।दुवै फिल्मको चर्चा चलिरहँदा फिल्म निर्माणमा भएको लगानी सार्वजनिक भएको छ। हिन्दूस्तान टाइम्सले केजीएफ ५० करोड भारु र जिरो २ अर्बमा निर्माण भएको जनाएको छ।

एजेन्सीको सहयोगमा

क्याटेगोरी : खेलकुद, घुमफिर, मनाेरञ्जन, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस