Techie IT
×
गृहपृष्ठकला/साहित्यदंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ”

दंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ”


दाङ्ग—गित संगीतको क्षेत्रमा अतुलनिय योगदान दिएर समग्र जिल्लाको नाम अग्र स्थानमा राख्न सफल कलाकारहरु जन्माएको जिल्ला हो दाङ्ग ।

चाहे त्यो लोक विधा होस् या अन्य विधा । हाल सम्म दर्जनौ कलाकार जन्माएर केन्द्रिय स्तरमा समेत गित संगीतको क्षेत्रलाई नेतृत्व गरिरहेका छन । गित संगीतमा आएको बाढीले कति कलाकार तैरिन सके भने कति बगेर गए । तर पनि ठुलो लगानी गरेर गित संगीतमा लाग्नेको संख्यामा कमि आउन सकेको छैन ।

यसै शिलशिलामा दाङ्गको दंगीशरण गाउँपालिका वडा नम्बर १ मा बुवा दुर्गा प्रसाद भुसाल र आमा सुबित्रा भुसालको कोखबाट २०५० सालमा जन्मिएका अर्थात केशब भुसाल “केभी निस्चल” लोक गित संगीतको फाँटमा उनि पनि बामे सर्दै छन । यो क्षेत्रमा लागेर केहि गर्छु भन्ने ठुलो आँट छ उनीमा ।

हाल सम्म उनले तिन वटा लोक दोहोरी गीतमा शब्द अनि संगीत भरि सकेका छन । उनको “रुदैं रुदै” बोलको गित बजारमा आइसकेको छ । उक्त गीतमा केभीले चर्चित लोक दोहोरी गायिक शान्ती श्री परियार संग गएका छन ।

लोक गित बिना जिन्दगी अधुरो छ, मेरा हरेक नसा नसामा लोक गित संगीतका भावहरु छन् त्यसैले अब जीवनको यात्रा र जीवनको अन्त्य पनि लोक गित संगीत मै हुनेछ भुसाल भन्छन । उनका अनुशार शब्द र संगीत भर्दा निकै मेहनत गर्नु पर्छ, गीतको संगीत भर्दा अन्य गित संग जुध्न जाञ्छ कि भन्ने डर पनि हुन्छ, समग्र रुपमा भन्दा गित बनाउदा मेहनत त् हुन्छ नै ।

भर्खर मात्र गायक ÷मोडल भुसालले पछिल्लो समयका बहु चर्चित लोक तथा दोहोरी गायक खेम सेन्चुरी र नब गायिका अप्सरा ओलीको आवाजमा “नबुझेसी कुरै ” बोलको गित स्रोता माझ लिएर आएका छन ।

उक्त गीतमा दंगाली प्रतिभा केभी निस्चल अर्थात केशब भुसाल को शब्द, लय रहेको छ भने सारिका केसी र उनि आफै पर्दामा देखा परेका छन । पानस डिजिटलको प्रस्तुति रहेको छ भने कमल सौरागले म्युजिक एरेन्ज गरेका छन ।




क्याटेगोरी : कला/साहित्य, मनाेरञ्जन


तपाईको प्रतिक्रिया दिनुहोस