गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ दंगाली कलाकार सागरको “शीतको पानी” दंगाली कलाकार सागरको “शीतको पानी” प्रिया स्मृती गजमेर पुस १०, २०७७ गते १२:४५ मा प्रकाशित दाङ्ग – “सागर भण्डारी” तिनै व्यक्तिको नाम हो जो केहि समय यता देखि कलाकारिता क्षेत्रमा जम्दै छन । दाङ्गको उर्वरभूमिमा जन्मिएर नेपाली गित संगीतमा चर्चा कमाउन सफल भएका थुप्रै कलाकार छन ।यहि पथलाई पछ्याउदै सागर पनि एक पछि अर्को गित स्रोता माझ लिएर आइरहेका छन । पछिल्लो समय उनले चर्चित शब्द संकलक रमेश बिजी, गायिका देबि घर्ती र राजु ढकालको स्वर रहेको “शीतको पानी” बोलको लोक तथा दोहोरी गितमा अभिनय गरेका छन ।शुक्रबार रिलिज भएको “शीतको पानी” बोलको गीतमा सागर संगै छुल्ठिम डोल्मा गुरुङको दमदार अभिनय देख्न सकिन्छ । सानै देखि नेपाली गित संगीतमा रुचि रहेका सागरले झन्डै आधा दर्जन गीतमा अभिनय गरिसकेका छन् ।सागर भण्डारी कलाकार मात्र नभई एक कुशल कार्यक्रम प्रस्तोता पनि हुन् । उनि दाङको रेडियो मध्यपश्चिममा एक कुशल कार्यक्रम प्रस्तोताका रुपमा चिनिन्छन । सागरले नेपालका थुप्रै हस्तीहरुको दुरुस्तै नक्कल गरेर आवाज निकाल्न पनि सक्छन र क्यारिकेचर क्षेत्रमा पनि उनको उतिक्कै झुकाव छ ।उनि भन्छन—“रहर एकातिर भयो बाध्यता अर्को तिर”— पेसाले व्यवसायी भएपनि आफु कलाकारितामा नै खुशी भएको बताए । आफु अभिनित गितहरु स्रोताले मन पराई दिएको बताउदै आगामी दिनमा पनि स्रोताको मन जित्ने गित संगीत स्रोताको माझ लिएर आउने सागरको भनाई छ ।उक्त गितमा चेतन गोतामेको संगीतमा रहेको गीतको भिडियो निर्देशन देबेन्द्र बब्लुले गरेका छन् ।क्याटेगोरी : मनाेरञ्जन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ”कविता : आखिर क्वारेन्टिनसन्दिपको “ओक्कल दोक्कल” चर्चाको शिखर चुम्दैखस भाषामा सजिएको “खस देउसी भैलो” तिहार गित बजारमा धेरै पढिएका १तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत २विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ३मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ४४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ५दंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ” ६पार्टीलाई बलियो बनाउन महिलाको भूमिका महत्वपूर्ण—केन्द्रिय सदस्य चौधरी ७दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी ८आज माघे सङ्क्रान्ति मनाइँदै ताजा अपडेट ४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी कन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्याली लमहीमा भुकम्प सुरक्षा दिवस मनाईयो आज माघे सङ्क्रान्ति मनाइँदै राप्ती डेलिभरि संघको भबन निर्माणमा आर्थिक सहयोग जुट्दै रिहार—च्याउखोला जोड्ने सडकको निर्माण कार्य शुरु आत्महत्या न्यूनीकरणका लागि समाजका अगुवाहरुलाई तालिम