गृहपृष्ठ ∕ कला/साहित्य ∕ खस भाषामा सजिएको “खस देउसी भैलो” तिहार गित बजारमा खस भाषामा सजिएको “खस देउसी भैलो” तिहार गित बजारमा प्रिया स्मृती गजमेर कात्तिक १३, २०७७ गते ९:४३ मा प्रकाशित दाङ्ग—लोप हुन् लागेको खस भाषाका संरक्षक तथा लोक दोहोरी गायक कुल बहादुर ओलीले खस भाषाको सांगीतिक कोशेली “खस देउसी भैलो” बोलको गित लिएर बजारमा आएका छन । म्युजिक मस्ती प्रालिको प्रस्तुति रहेको उक्त खस भाषाको तिहार गीतमा खस भाषाका संरक्षक तथा गायक कुल बहादुर ओली, केबी भण्डारी र दिल माया सुनारको स्वर रहेको छ । गायक ओली र जयराम खत्रीको शब्द रहेको छ भने केबी भण्डारीले गीतको एरेन्ज गरेका छन । त्यस्तै गायक ओलीले तिहार गीतको शब्दलाई मिठो संगीत दिएर अझै मिठास बनाएका छन ।आफ्ना बाबु बाजेले बोल्दै आएको खस भाषा पछिल्लो समय युवा पुस्ताले बिर्सदै गएको भन्दै यसलाई संरक्षण गर्न आवश्यक रहेको गायक ओलीले बताए । आफ्नो रितिरिवाज, धर्म संस्कृति बिर्सन हुन्, म कलाकारिता क्षेत्रमा लागेको नाताले यो खस भाषालाई पनि जगेर्ना गर्नु पर्छ भन्ने लागेको छ उनले भने । म यो आफ्नो मौलिक खस भाषालाई जगेर्ना गर्नु पर्छ भनेर लागि परे पछि धेरै साथीहरुले हौसला पनि दिनु भएको छ, मैले मात्र गरेर हुँदैन सबैले आ—आफ्नो ठाउँबाट सहयोग गर्नु पर्छ भन्दै आग्रह समेत गरेको छु गायक ओलीले भने ।खास गरि यो खस भाषा साबिकका राप्ती, कर्णाली प्रदेश र सुदुरका केहि जिल्लामा बोल्ने गरिन्छ । रुकुम, रोल्पा, सल्यानमा अझै पनि यो खस भाषा निकै प्रयोग गर्ने गर्दछन । खस भाषाका संरक्षक तथा गायकका अनुशार सबै जिल्लामा यो भाषालाई निरन्तरता दिनु पर्छ अनि मात्र खस भाषाले न्याय पाउनेछ । एकातिर खस भाषालाई जगेर्ना गर्न निकै संघर्ष गरि रहेका छन् भने अर्को तर्फ लोक गित संगीतमा पनि गायक ओलीको त्यतिक्कै देन छ ।भिडियो हेर्नुहोस :क्याटेगोरी : कला/साहित्य, मनाेरञ्जन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता…शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमाकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल