Techie IT
×
गृहपृष्ठमनाेरञ्जनआस्था राउतको “फाट्यो नि माइतीको चिनो” सार्वजनिक

आस्था राउतको “फाट्यो नि माइतीको चिनो” सार्वजनिक


काठमाडौ – संगीतलाई हजुर कसरि ब्याख्या गर्नु हुन्छ ? सम्भवत यो व्याख्या भन्दा पनि महसुश गर्ने कुरा हो।आफु एकाग्र भै शब्द, लय र धुनमा बिलिन हुने कुरा हो। हाम्रा खुशीका हरेक क्षण,आफ्नो घर परिवार,साथि भाई संगको पुनमिलन, चाडवाडको भब्य सेलिब्रेसन होस् वा दैनिक जीवनमा भइराख्ने उथल-पुथल, दिग्दारी सबै सुख: दुख:को अवस्थामा संगीत मनोरंजनकै भरपुर सहारा लिईन्छ।

गीत संगीतको माध्यमबाट देश भित्र र बाहिर सधै नेपालीजनमा  सकारात्मक सोच र बलियो उर्जा भर्न सफल कर्णप्रिय स्वरकी  धनि गायिका आस्था राउतको यति बेला नेपाली संगीत क्षेत्रमा “फाट्यो नि माइतीको चिनो” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

तीजको अवसर पारेर सार्वजनिक गरिएको यस गीतमा शब्द संगीत सुरेश अधिकारीको रहेको छ। शान थापाको निर्देशन र सावित्री राउतको निर्माण रहेको म्युजिक भिडियोमा अनुष्का डी सी को भेषभुषामा सझिएका रंगकर्मी कलाकार दिया मास्के र मनोज जोशी लाई क्यामरामा अर्जुन तिवारी र उहाको समुहले शिर्जनात्मक ढंगले कैद गरेको पाइञ्छ ।

आफ्ना हरेक मौलिक पस्तुति द्वारा नेपाल र नेपालीपनलाई सधै जीवित राख्न खोज्ने आस्थाका “झुम्के बुलाकी, “सालको पात टपरी ( रिमिक्स ) “को छ यहा घटी बढि, “परिवर्तनशील छ समय ”  “चौबंन्धिमा पटुकी ” नाकैमा फुली ” जस्ता गीत हरु नेपाली श्रोता माझ अपार सफल भैसकेका छन्। त्यसो त् आस्थाका गीतका शब्दहरुमा धेरै मेहिनत ,गहिराही भाव  र सामाजिक चित्रण सधै समेटिएको हुन्छ।

हाल सार्वजनिक भएको यस “फाट्यो नि माइतीको चिनो”  गीतको श्रब्य दृश्यमा एक बिबाहित नारीको लागि चाडबाड आउदा माइतीघर कति मात्रामा प्यारो हुन्छ सो कुरा उजागर गरिएको छ।

जीवनका अनगिन्ति यात्राहरुमा आस्था राउतका गीतहरु सधै नेपाली संगीत प्रेमिका लागि पहिलो रोजाई बनुन् । अग्रिम शुभकामना !




क्याटेगोरी : मनाेरञ्जन
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस