गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ आस्था राउतको “फाट्यो नि माइतीको चिनो” सार्वजनिक आस्था राउतको “फाट्यो नि माइतीको चिनो” सार्वजनिक दीप संञ्चार साउन २९, २०७७ गते १८:५१ मा प्रकाशित काठमाडौ – संगीतलाई हजुर कसरि ब्याख्या गर्नु हुन्छ ? सम्भवत यो व्याख्या भन्दा पनि महसुश गर्ने कुरा हो।आफु एकाग्र भै शब्द, लय र धुनमा बिलिन हुने कुरा हो। हाम्रा खुशीका हरेक क्षण,आफ्नो घर परिवार,साथि भाई संगको पुनमिलन, चाडवाडको भब्य सेलिब्रेसन होस् वा दैनिक जीवनमा भइराख्ने उथल-पुथल, दिग्दारी सबै सुख: दुख:को अवस्थामा संगीत मनोरंजनकै भरपुर सहारा लिईन्छ।गीत संगीतको माध्यमबाट देश भित्र र बाहिर सधै नेपालीजनमा सकारात्मक सोच र बलियो उर्जा भर्न सफल कर्णप्रिय स्वरकी धनि गायिका आस्था राउतको यति बेला नेपाली संगीत क्षेत्रमा “फाट्यो नि माइतीको चिनो” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।तीजको अवसर पारेर सार्वजनिक गरिएको यस गीतमा शब्द संगीत सुरेश अधिकारीको रहेको छ। शान थापाको निर्देशन र सावित्री राउतको निर्माण रहेको म्युजिक भिडियोमा अनुष्का डी सी को भेषभुषामा सझिएका रंगकर्मी कलाकार दिया मास्के र मनोज जोशी लाई क्यामरामा अर्जुन तिवारी र उहाको समुहले शिर्जनात्मक ढंगले कैद गरेको पाइञ्छ ।आफ्ना हरेक मौलिक पस्तुति द्वारा नेपाल र नेपालीपनलाई सधै जीवित राख्न खोज्ने आस्थाका “झुम्के बुलाकी, “सालको पात टपरी ( रिमिक्स ) “को छ यहा घटी बढि, “परिवर्तनशील छ समय ” “चौबंन्धिमा पटुकी ” नाकैमा फुली ” जस्ता गीत हरु नेपाली श्रोता माझ अपार सफल भैसकेका छन्। त्यसो त् आस्थाका गीतका शब्दहरुमा धेरै मेहिनत ,गहिराही भाव र सामाजिक चित्रण सधै समेटिएको हुन्छ।हाल सार्वजनिक भएको यस “फाट्यो नि माइतीको चिनो” गीतको श्रब्य दृश्यमा एक बिबाहित नारीको लागि चाडबाड आउदा माइतीघर कति मात्रामा प्यारो हुन्छ सो कुरा उजागर गरिएको छ।जीवनका अनगिन्ति यात्राहरुमा आस्था राउतका गीतहरु सधै नेपाली संगीत प्रेमिका लागि पहिलो रोजाई बनुन् । अग्रिम शुभकामना !https://www.youtube.com/watch?v=nMxXPMyXPwc#action=shareक्याटेगोरी : मनाेरञ्जनट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता…शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमाकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल