Techie IT
×
गृहपृष्ठमनाेरञ्जनचलचित्र विकास बोर्ड अध्यक्षमा दयाराम दाहाल नियुक्त

चलचित्र विकास बोर्ड अध्यक्षमा दयाराम दाहाल नियुक्त


काठमाण्डौ  – विगत ६ महिनादेखि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदमा निर्देशक दयाराम दाहाललाई आज बसेको मन्त्रीपरिषद्को बैठकले  नियुक्त गर्ने निर्णय गरेको हो ।

दाहालले अब २ बर्ष विकास बोर्डको नेतृत्व गर्नेछन् । दाहाल चलचित्र विकास बोर्डको सदस्य समेत हुन् । तत्कालिन अध्यक्ष केशव भट्टराइको निधन भएपछि बोर्ड नेतृत्वविहिन भएको थियो ।

नेपाली चलिचत्र क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका निर्देशक दाहालले बोर्डको सदस्य पदमा रहेर अनुभव हासिल गरिसकेका छन् । यसैले, यो जटिल समयमा उनले बोर्डमा चलचित्रकर्मीको हितका लागि काम गर्ने विश्वास गरिएको छ ।

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि १० जनाको आवेदन परेको थियो । जसमा, अन्तिम ३ जनाको नाम मन्त्रीपरिषद्मा सिफारिश गरिएको थियो । जसमा, नायक भूवन केसी र संकृतीविद राजेश थापा थिए ।

दयाराम दाहालले निर्देशन गरेको पछिल्लो चलचित्र ‘रानी’ हो । उनले ‘दौतरी, ठूल्दाई, चाँदनी, जंगे, ढुकढुकी, तँ त साह्रै विग्रिस नि बद्री, भरिया, दाइजो, जेठ कान्छो, अग्नी ज्वाला, भाग्य विधाता, दोबाटो, कर्मयोद्धा, अरबपति, दशगजा, फर्केर हेर्दा, कहाँ छौ कहाँ, म तिमी बिना मरिहाल्छु, नेपाल’ लगायतका चलचित्र निर्देशन गरेका छन् ।


क्याटेगोरी : मनाेरञ्जन
ट्याग : #film

तपाईको प्रतिक्रिया दिनुहोस