गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ ‘प्रजातान्त्रिक नेपाल रेडियो’ की पहिलो गायिका रानु देवीको निधन ‘प्रजातान्त्रिक नेपाल रेडियो’ की पहिलो गायिका रानु देवीको निधन दीप संञ्चार वैशाख १९, २०७७ गते १०:४६ मा प्रकाशित काठमाडौं – गायिका रानु देवी पौडेलको निधन भएको छ । बिहिबार सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।८५ बर्षीय रानुको आज शुक्रबार अन्त्येष्टी गरिने उनका नजिकका मित्र तथा लेखक शंकर खरेलले जानकारी दिए ।२००७ सालको क्रन्तिको प्रचार प्रसारका लागि बिराटनगरको बोर्डरमा ‘प्रजातान्त्रिक नेपाल रेडियो’ खोलिएको थियो । उनी त्यसको पहिलो गायिका हुन् । उक्त रेडियोबाट उनले नेपालमै पहिलो पटक लाइभ गीत गाएकी थिइन् ।उनले सो बेला प्रजातान्त्रिक आन्दोलनका लागि सर्वसाधारणलाई उत्साह र हौसला प्रदान गर्ने खालका ‘जाग जाग’ बोल लगायत केही क्रान्तिका गीतहरु गाएकी थिइन् ।उनले त्यसपछि कलकत्तामा गएर ५ वटा गीत रेकर्ड गराएकी थिइन् ।उनले २०६१,६२ मा ५६ बर्षपछि ‘जागे नेपाली उठे नेपाली शान्ती लिएर’ भन्ने गीत गाएकी थिइन् ।रानु पछिल्लो समय मैतिदेवी स्थित छोरीको घरमा बस्दै आएकी थिइन् । उनको एक छोरा पनि छन् । उनी अमेरिकामा रहेकोले छोरीसँगै बस्दै आएकी थिइन् ।रानु डा. शेखर कोइरालको आमा नुना कोइरालाको बहिनी पनि हुन् । बिरगन्जमा जन्मिएकी रानुले धेरै समय बनारसमा बिताएकी थिइन् ।रानुले ५६ बर्ष पछि गीत गायको बिषयमा एउटा बृत्तचित्र समेत बनाइएको छ । उनले बिराजनगरको एक सरकारी स्कुलमा पनि जागिर गरेकी थिइन् ।क्याटेगोरी : मनाेरञ्जनट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता…शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमाकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप