गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ ‘प्रजातान्त्रिक नेपाल रेडियो’ की पहिलो गायिका रानु देवीको निधन ‘प्रजातान्त्रिक नेपाल रेडियो’ की पहिलो गायिका रानु देवीको निधन दीप संञ्चार वैशाख १९, २०७७ गते १०:४६ मा प्रकाशित काठमाडौं – गायिका रानु देवी पौडेलको निधन भएको छ । बिहिबार सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।८५ बर्षीय रानुको आज शुक्रबार अन्त्येष्टी गरिने उनका नजिकका मित्र तथा लेखक शंकर खरेलले जानकारी दिए ।२००७ सालको क्रन्तिको प्रचार प्रसारका लागि बिराटनगरको बोर्डरमा ‘प्रजातान्त्रिक नेपाल रेडियो’ खोलिएको थियो । उनी त्यसको पहिलो गायिका हुन् । उक्त रेडियोबाट उनले नेपालमै पहिलो पटक लाइभ गीत गाएकी थिइन् ।उनले सो बेला प्रजातान्त्रिक आन्दोलनका लागि सर्वसाधारणलाई उत्साह र हौसला प्रदान गर्ने खालका ‘जाग जाग’ बोल लगायत केही क्रान्तिका गीतहरु गाएकी थिइन् ।उनले त्यसपछि कलकत्तामा गएर ५ वटा गीत रेकर्ड गराएकी थिइन् ।उनले २०६१,६२ मा ५६ बर्षपछि ‘जागे नेपाली उठे नेपाली शान्ती लिएर’ भन्ने गीत गाएकी थिइन् ।रानु पछिल्लो समय मैतिदेवी स्थित छोरीको घरमा बस्दै आएकी थिइन् । उनको एक छोरा पनि छन् । उनी अमेरिकामा रहेकोले छोरीसँगै बस्दै आएकी थिइन् ।रानु डा. शेखर कोइरालको आमा नुना कोइरालाको बहिनी पनि हुन् । बिरगन्जमा जन्मिएकी रानुले धेरै समय बनारसमा बिताएकी थिइन् ।रानुले ५६ बर्ष पछि गीत गायको बिषयमा एउटा बृत्तचित्र समेत बनाइएको छ । उनले बिराजनगरको एक सरकारी स्कुलमा पनि जागिर गरेकी थिइन् ।क्याटेगोरी : मनाेरञ्जनट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता…शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमाकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट