Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठमनाेरञ्जनइरफानको अन्तिम बोली : मलाई लिन आमा आउनु भयो

इरफानको अन्तिम बोली : मलाई लिन आमा आउनु भयो


एजेन्सी – बलिउडका सदाबहार अभिनेता इरफान खानको बुधबार दिउँसो ३ बजे मुम्बईमा अन्तिम संस्कार गरियो । यो मौकामा उनका दुई छोरा अयान र बाबिलबाहेक परिवारका केही सदस्य र नजिकका साथीको मात्रै उपस्थिती रह्यो ।

इरफानकी धर्म पत्नी पहेलो कुर्तामा

भारतीय मिडिया रिपोर्टका अनुसार उनलाई अस्पतालबाट सिधै चिहान लगिएको थियो । उनले बुधबार बिहान मुम्बईस्थित कोकिलाबेन धीरुभाइ अम्बानी अस्पतालमा अन्तिम सास फेरे ।

उनको अन्तिम यात्रामा जम्माजम्मी २० जनाको मात्रै उपस्थिती थियो । पुलिसले लकडाउन र कोरोना संक्रमणका कारण इरफानको पार्थिव शरीर घर लैजाने अनुमती दिएनन् ।

सास जानुअघि आमालाई सम्झिएः

सेलिब्रिटी फोटोग्राफर विरल भयानीको पोस्ट अनुसार इरफान खानको सास जानुअघि उनले ‘आमा लिन आउनुभएको छ’ भनेका थिए । उनकी ९५ वर्षीया आमा सईदा बेगमको शनिबार निधन भएको थियो । लकडाउन र स्वास्थ्यमा समस्या भएपछि उनी आमाको अन्तिम श्रद्धाञ्जलीमा उपस्थित हुन सकेनन् । इरफानले भिडियो कलमार्फत् आमालाई अन्तिम पटक हेरेका थिए ।

फाईल तस्वीर: परिवारका साथ इरफान खान


क्याटेगोरी : मनाेरञ्जन
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस