Techie IT
×
गृहपृष्ठमनाेरञ्जन‘हस्तमैथुन’ को दृश्यमा आपत्ति जनाउनेहरुलाई स्वराको जवाफ

‘हस्तमैथुन’ को दृश्यमा आपत्ति जनाउनेहरुलाई स्वराको जवाफ


एजेन्सी, बलिउड अभिनेत्री स्वरा भास्करलाई एक पटक पुनः मानिसहरुले सोसल मिडियामा ट्रोल गरिरहेका छन् । हालै रिलिज भएको फिल्म ‘वीरे दी वेडिङ’ को एक दृश्यका कारण मानिसहरुले उनलाई निशाना बनाइरहेका छन् ।

वास्तवमा, फिल्ममा स्वरा भास्करलाई एक दृश्यमा हस्तमैथुन गरिरहेको देखाइएको छ । उक्त दृश्यका कारण ट्वीटरमा आपत्तिजनक शब्दको पनि प्रयोग गरिएको छ ।

फिल्ममा स्वराको भूमिकालाई केही मानिसहरुले भिन्न र महिला सशक्तिकरणसँग पनि जोडिरहेका छन् । स्वराले यसमा आपत्ति जनाएका मानिसहरुलाई ‘स्पोन्सर्ड’ को संज्ञा दिएकी छिन् ।

ट्वीटरमा आरती अग्रवाल नामकी प्रयोगकर्ताले फिल्मको उक्त दृश्यलाई सफ्ट पोर्न बताएकी छिन् ।

उनले लेखिन्, ‘स्वरा भास्करको सफ्ट पोर्न हलिउडबाट कपी गरिएको हो तर यसलाई भारतमा प्रतिबन्ध लगाइएन…’

ओभरस्मार्टमी नामको ट्वीटर ह्यान्डलले लेखे, ‘स्वरा भास्करको हस्तमैथुनको दृश्य बोल्ड छ तर उदाहरणीय छैन । यस्तो गर्नु फेमिनिजमलाई ठेस पुर्याउनु जस्तै हो । स्क्रिनमा कुनै पुरुषलाई यस्तो गरिरहेको हेर्न कसैलाई मन पर्दैन । यदि यो फेमिनिजम हो भने पोर्न इन्डष्ट्रिमा पहिले नै थुप्रै फेमिनिस्ट उदाहरण पेश गरिसकिएको छ ।’

केही प्रयोगकर्ताले लेखे, ‘स्वरा भास्कर, मैले हजुरआमासँग यो फिल्म हेरें । हस्तमैथुनको दृश्य आएपछि हामीले अप्ठेरो महसुस गर्यौं । बाहिर निस्कने बित्तिकै हजुरआमाले भन्नुभयो, ‘म हिन्दुस्तान हुँ  र म फिल्मका लागि म लज्जित छु ।’’

यसमा स्वरा भास्करले लेखिन्, ‘कुनै आइटी सेलले या त फिल्मको टिकट स्पोन्सरले गरेको देखिन्छ या ट्वीट ।’

त्यस्तै  भास्करले अर्को एक ट्विट गर्दै आफू अभिनियत्री भएको प्रष्ट पार्दै आफ्नो बाबुलाई नभै सिधा आफू संग प्रश्न गर्न समेत आग्रह गरेकी छन् ।

फिल्म वीरे दी वेडिङमा स्वराका साथै करिना कपुर, सोनम कपूर र शिखा तलसानिया पनि छन् । फिल्म चार महिलामा आधारित छ जो आफ्नो जीवन आफ्नै मर्जीले बाँच्न चाहन्छन् ।


क्याटेगोरी : मनाेरञ्जन
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस