गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा प्रकाश दर्नाल "शितल" फागुन १, २०८१ गते १५:१७ मा प्रकाशित काठमाडौं – पछिल्लो समय नेपाली गीत सङ्गीतको बजारमा फरक-फरक धारका सिर्जनाहरु सार्वजनिक हुने गरेका छन । को नयाँ, को पुराना सबैलाई एक ठाउँमा राखेर मुल्यांकन गर्ने हो भने प्रतिस्पर्धात्मक रुपमा सार्वजनिक भएका गीतहरू नेपाली मौलिकपनलाई भन्दा बढी चर्चा र भियोर्सको लागि बनेका हुन जस्तो लाग्नु स्वभाविक हो ।तर नेपाली गीत सङ्गीतको क्षेत्रमा यस्ता पनि श्रष्टा सर्जकहरु छन जसका गितहरु हर समय मन मस्तिष्कमा गुन्जिरहन्छन । हो यतिबेला एस एण्ड एस को प्रस्तुतिमा गायिका सुनिता सुनार र निर्माता शम्सेर सुनारको यस्तै सभ्य सिर्जना “लाउलि सानू बम्बैको सारी” बोलको लोक दोहोरी गीत विश्व साङ्गीतिक आकाशमा सार्बजनिक भएको छोटो समयमै चर्चाको शिखरमा पुगेको छ । हरि गिरी विमर्षीको शब्द सङ्गीतमा हरि गिरी विमर्षी र सुनिता आफैले आवाज भरेको गीत “सुनिता सुनार” नामको युटुब च्यानल मार्फत सोमबार मात्रै सार्वजनिक भएको हो ।वान डिवी एचडी रेकर्डिङ स्टुडियोमा रेकर्डिस्ट राज खड्काले रेकर्ड गरेको गीतको उत्कृष्ट एरेन्ज आकाश नेपालीले र मिक्सिङ तथा मास्टरिङ एच बि एन किस्मतले गरेका हुन भने गीतको भिडियोमा प्रभात पल ठकुरी र सन्चिता बोलाखी लुइँटेलको जोडिलाई कोरियोग्राफर तथा निर्देशक रामजी लामिछानेले आकर्षक तरिकाले नचाएका हुन । साथै भिडियमा देखिएका लोभलाग्दो दृश्यहरु छायांकन मान कृष्ण महर्जनले गरेका हुन । निर्देशक लामिछानेलाई सह-निर्देशकको भुमिकामा रहेर नृत्यमा टाइगर नम्गेल र अभिनयमा मणिक पाख्रीनले सघाएका छन ।अहिलेका व्यस्त भिडियो सम्पादक बन्दे प्रसादले सम्पादन र राजेन्द्र मोक्तानले फुलबुट्टा (कलर) भरेका भिडियोमा गाउँले परिवेशमा हुर्किदै गरेको माया पिरतिको विषयमा एक जोडी प्रेमी प्रेमिकाले गरेको संवातलाई कलात्मक तरिकाबाट प्रस्तुत गरिएको देख्न सकिन्छ भने गत सोमबार सार्वजनिक भएको गीत यो समाचार बन्ने बेलासम्म ८९ हजार भन्दा धेरै दर्शकहरुले हेरिसकेका छन ।क्याटेगोरी : मनाेरञ्जन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता…कान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट