Techie IT
×
गृहपृष्ठमनाेरञ्जनतिमी आईदेउ’मा कुशुम र दिपकको अन्स्क्रिन प्रेम (भिडियोसहित)

तिमी आईदेउ’मा कुशुम र दिपकको अन्स्क्रिन प्रेम (भिडियोसहित)


काठमाडौं। युवा गायक दिपक भुजेलले बिल्कुलै नयाँ सांगीतिक सौगात ‘तिमी आईदेउ’ सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गीतमा स्वर, शब्द र संगीत स्वयम् गायक भुजेलको रहेको छ। गायक भुजेलका अनुसार गीतको सम्पूर्ण काम एकै दिनमा सम्पन्न गरिएको हो। गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा गायक भुजेल र कुशुम शर्मा बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। उत्सव दाहालले छायाँकन गरेको भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका हुन्।

केशब राज भट्टको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो गायक भुजेलको जन्मदिनको शुभ अवसर पारेर गायक भुजेलको च्यानल ‘दिपक भुजेल अफिसिएल’ मार्फत सार्वजनिक गरिएको हो।


क्याटेगोरी : मनाेरञ्जन


तपाईको प्रतिक्रिया दिनुहोस