Techie IT
×
गृहपृष्ठमनाेरञ्जनशनि विश्वकर्मा बने पहिलो नेपाल लोकस्टार

शनि विश्वकर्मा बने पहिलो नेपाल लोकस्टार


काठमाडौं, रोल्पाका १७ वर्षीय शनि विश्‍वकर्माले आइएमइ नेपाल लोकस्टार सिजन-१ को विजेता हात परेका छन् । यो सफलता सङ्गै विश्वकर्मा पहिलो नेपाल लोकस्टार समेेत बनेका हुन् ।

एपीवान टेलीभिजनबाट प्रशारित सर्वाधिक पुरस्कार राशिको रियालिटी शो नेपाल लोकस्टारको उपाधिसँगै विश्वकर्माले ५० लाख नगद पुरस्कार र २५ लाख बराबरको सिटिजन्स बीमा पाएका छन् ।

क्रमशः शनि बिश्वकर्मा, चेतन गोतामे, बिनोद दनुवार र राम कुमार नेपाली

यस्तै नेपाल लोकस्टार सिजन-१ को फर्स्ट रनर अप चेतन गोतामे भएका छन् । स्याङ्जाका गोतामेले २५ लाख बराबरको नगद र १५ लाख बराबरको जीवन बीमा पाएका छन् ।

यस्तै उदयपुरका बिनोद दनुवार आइएमइ नेपाल लोकस्टार सिजन-१ को सेकेण्ड रनरअप भएका छन् । उनले १० लाख नगद र १५ लाख बराबरकै सिटिजन्स जीवन बीमा पाएका छन् । भने रामेछापका रामकुमार नेपाली सान्वना भए । सान्त्वना भएका उनले दुई लाख हात पारे ।

असार १२ गतेबाट सुरु भएको लोकस्टार कार्यक्रम भृकुटिमण्डपबाट ३६ औं शृंखला प्रत्यक्ष प्रशारण गर्दै सम्पन्न भएको हो । नेपालको लोक संस्कृति प्रचार प्रचार र विकास गर्ने उद्देश्यले चाहना मिडिया प्रालिले यो कार्यक्रम सञ्चालन गरेको हो ।

नेपाल लोकस्टार नेपाली लोकसंगीतको इतिहासमा धेरै पुरस्कार राशिको सांगीतिक कार्यक्रममा देशभरका विभिन्न ठाउँमा भएको अडिसनबाट लोकस्टारका उत्कृष्ट छनोट भएका थिए । अडिसनमा छनोट भएका प्रतियोगीले आफूलाई निकै निखारे र अलराउन्डर प्रस्तुति दिए पनि आइएमइ नेपाल लोकस्टारको फाईनल चरणमा शनि विश्वकर्मा, राम कुमार नेपाली, चेतन गोतामे र बिनोद दनुवार प्रवेश गरेका थिए ।

कार्यक्रमको ३६ औं शृंखलासम्म आउँदा प्रत्यक्ष रूपमा सुनिता दुलाल, जयनन्द लामा, बीबी अनुरागी र रामजी खाँडले निर्णायकको भुमिका निर्वाह गरेका थिए । सुरेेश पौडेलले प्रोजेक्ट हेडको जिम्मेवारी पूरा गरेका थिए भने एलन श्रेष्ठ, र लोकेश बज्राचार्यले निर्देशक जस्तो महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।


क्याटेगोरी : मनाेरञ्जन
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस